१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस सङ्क्रमण पछि मानिसको शरीरमा यस्तो देखा पर्छ

२० माघ २०७६, सोमबार ०९:१४

माघ २०, काठमाडौँ | चिनको वुहानमा देखा परेको कोरोना भाइरसले विश्वव्यापीरुप लिएको छ | विश्वका करिब दुई दर्जन देशमा यसको सक्रमण देखा परिसकेको छ | यो भाइरसबिरुद्धको संघर्ष  चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा बनिरहेको छ | 

यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालका अनुसार त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ | ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो |अन्य लक्षण यस्ता थिए:

८२ जनालाई ज्वरो आएको 

८१ जनालाई रुघाखोकी लागेको 

३१ जनाको श्वासप्रश्वासमा समस्या

११ जनालाई मांसपेशी दु:ख्ने समस्या 

९ जनामा मिश्रित समस्या

८ जनालाई टाउको दु:खेको 

५ जनाको घाँटीमा सङ्क्रमण

प्रारम्भिक मृत्यु

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे | तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ | तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो | उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन | भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे | अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो |

अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो| कोरोनाभाइरसको खोप बनाउन अहोरात्र काम उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो | गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो | कम्तीमा १० प्रतिशतको मृत्यु भएको छ,ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये,५७ जना अझै अस्पतालमा छन्,३१ जना घर फर्केका छन्,११ जनाको मृत्यु भएको छ |-बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव