माघ २२, काठमाडौं | नेपालमा जारी आई आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सातौं विकेट लिएका छ | नेपालका लागि घरेलु मैदान टियुमा नेपाले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ |
टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्रले ४२ ओभरको चौथो बलमा बादल सिंहलाई ५ रनमा क्याच आउट गराएका हुन् | यसअघि सुशन भारीले व्यक्तिगत तेस्रो विकेट लिए | आफ्नो व्यक्तिगत तेस्रो विकेट ३४ ओभरको चौथो बलमा लिएका थिए |
सुशनले एकै ओभरमा दुई विकेट लिएका थिए । १९ ओभर बलिङ गर्न आएका नेपालका ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् | सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् | त्यस्तै अन्तिम बलमा उनले सुरज कुमारलाई क्याच आउट गराए | यसअभि ओमानका अक्विब ल्यस रन आउट भएका थिए । उनी अबिनाश बोहोराको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् |
सातौं ओभर बलिङ गर्न आएका करण केसीले खवार अलीलाई क्याच आउट गराएका थिए | अली ५ रन बनाएर आउट भए | करणले नै खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए | उनले जतिन्द्ररलाई बोल्ड आउट गराएका हुन् | ४१ ओभर खेलेको ओमानले १२५ रन बनाउँदै ७ विकेटगुमाएको छ |