पढ्न करिब 2 मिनेट लाग्छ

माघ २३, एजेन्सी | भैगोलिक विविधताको कारण संसारको फरक-फरक भू-बनावट रहेको पाइन्छ | त्यस्ता | भैगोलिक विविधताको बिचपनि मानिसहरुले सुन्दर सडक निर्माण गरेका छन् | यस्ता छन् संसारका खतरानाक सडकहरु

स्किपर्स क्यान्यन रोड, न्युजील्यान्ड

घुमाउरो रूटका लागि प्रसिद्ध यो सडकमा ड्राइभिङका लागि विशेष अनुमति लिनुपर्छ । यहाँ गाडी चलाउनु अत्यन्तै खतरनाक छ ।

गुओलियाङ सुरुङ मार्ग, चीन

ग्रामीण इलाकाहरूलाई शहरलाई जोड्ने सडक देखेर सासै फुल्छ । यसलाई चीनको सबभन्दा खतरनाक सडक मानिन्छ ।

तिरुपति मन्दिर रोड, भारत

तीन हजार २०० फीटको उचाइँमा रहेको तिरुमला पहाडमा बनेको बाटो खतरनाक मानिन्छ । यी घुमाउरा सडकहरूमा हिँड्नु रोमाञ्चक अनुभव हुन्छ । काराकोरम राजमार्ग, पाकिस्तान

चीन र पाकिस्तानलाई जोड्ने यो सडक खतरनाक मोडहरूका कारण प्रसिद्ध छ । चार हजार ६ सय ९३ मिटरको उचाइँमा रहेको सडकमा गाडी चलाउन हिम्मत चाहिन्छ।

जेम्स डाल्टन राजमार्ग, अलास्का

हेर्दाखेरी शान्त देखिने यो राजमार्ग धेरै खतरनाक छ । राजमार्गमा प्वालहरू छन् जुन हिउँले ढाकिएका कारण देखिँदैनन् । अनि चर्को हावाले पत्थरहरू उडाएर गाडीमा खस्ने खतरा पनि हुन्छ ।

किश्तवाड रोड, किलाड

जम्मु कश्मीरमा रहेको किलाडबाट किश्तवाड जाने सडक पनि खतरनाक छ । तीन हजार ८०० मिटरको उचाइँमा रहेको सडकमा गाडी चलाउँदा बडो होश पु–याउनुपर्छ ।

ईशिमा ओहाशी रोड, जापान

जापानमा रहेको ईशिमा ओहाशी रोड अचम्मको अनि डरलाग्दो छ । एक दशमलब सात किलोमिटर लामो सडकमा गाडी चलाउँदा भरपूर रोमाञ्च पाइन्छ |