२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिका बलात्कृत

२०७६, २४ माघ शुक्रबार ०९:२८

माघ २४, काठमाडौँ | भारतको नयाँ दिल्लीमा रहेको अमेरिकी दुतावासको हाताभित्र पाँच वर्षीया बालिकामाथि बलात्कार भएको छ | ति बालिकालाई बलात्कार गरेको आरोपमा २५ बर्षिय युवक पक्राउ परेका छन् | प्रहरीका अनुसार बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई पक्राउ गरिएको हो |

शनिबार भएको उक्त घटना परिक्षणमा ति बालिकामाथि बलात्कार भएको पुष्टि भएको छ | उनका बुबा दुतावासमा काम गर्ने र दुतावास हाताभित्रै बस्थ्ये | बलात्कारको आरोप लागेका व्यक्तिका बुबा पनि दुतावास भित्रै काम गर्ने भएको बताइएको छ |

आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ | दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास रहेको छ | कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ | त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन् |

अनुसन्धानकर्ताहरूका अनुसार  आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो | अधिकारीका अनुसार अभिभावकहरू बाहिर भएको अवस्थामा ती युवकले बालिकालाई लोभ्याएर आफ्नो घरमा लगेका थिए | ति बालिका घर फर्किएपछि आफ्नी आमालाई उक्त घटना सुनाइन | 

प्रहरीले ती व्यक्तिविरुद्ध भारतको बालिका सुरक्षासम्बन्धी कडा कानुनअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ | एक आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीया किशोरीको बलात्कार भएको घटनाले चर्को विरोध निम्त्याएपछि सरकारले सन् २०१८ मा बालिका बलात्कार गर्नेविरुद्ध मृत्युदण्ड लागु गरेको थियो |-बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा