माघ २९, काठमाडौँ | २ सय ५० रुपैयाँमा कारोबार भएको प्याजको मुल्य अहिले निकै घटेको छ | आजभोली प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ भन्दा कमभईसकेको छ | कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार देखि प्रतिकेजी ९० रुपैयामा कारोबार भइरहेको छ |
त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँमा कारोबार भइरहेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ | भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य ह्वात्तै बढेको थियो |
नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ | चिनबाट प्याज आयात गरेपनि नेपाली बजारको मागलाई धान्न सकेन | भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध फुकुवा भने गरेको छैन |