२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै

२०७६, ३ फाल्गुन शनिबार ०३:१८

फागुन ३, भक्तपुर | भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । 

यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनुपर्यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिएका नगरकोटीले खुसी व्यक्त गर्न भने सकेनन् ।

उनको भनाइ थियो– दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ/दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ । यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी