Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरोनाभाइरसका कारण अस्पतालकै निर्देशकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ६, एजेन्सी | </b>चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरी त्रास फैलिएको छ | उक्त भाइरसको सक्रमणबाट अस्पतालका निर्देशकको समेत ज्यान गएको छ | अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ&nbsp; झिमिङ&nbsp; आफै बिरामी परेका हुन् |<br></p><p>मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ | यसअघि कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो | उनले कोरोनाभाइरसको महामारी फैलने चेतावनी दिएपछि&nbsp; प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो | पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए |</p><p>कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ |</p>