2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प चढ्ने कार भारतमा ल्याइयो,यस्तो छ कार

फागुन ६, एजेन्सी | भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै कार प्रयोग गर्ने भएका छन् | उनी फागुन १२ अर्थात फेब्रुअरी २४ मा भारतको भ्रमणमा आउंदै छन | उनले प्रयोग गर्ने कार र अमेरिकी सुरक्षाकर्मी शुरक्षा भारतमा आइसकेका छन् |

ट्रम्पले भ्रमण गर्नुभन्दा एक हप्ता अगाडी नै अमेरिकी वायुसेनाको विमान मार्फत कार र सुरक्षाकर्मीको टोलीलाई भारत पठाइएको छ | भारतले उनको सुरक्षाका लागि सैनिक तैनाथ गरेको छ | ट्रम्पको भ्रमण अवधिमा अहमदावादलाई ‘नो फ्लाइ जोन’ (उडान निषेध क्षेत्र) घोषणा गर्ने तयारीसमेत भएको अधिकारीहरुले जनाएका छन् |

ट्रम्पको सुरक्षाका लागि आकाश र जमिनमा उत्तिकै सतर्कता अपनाइएको भारतीय अधिकारिहारुको भनाई छ | ट्रम्पको सुरक्षामा अमेरिकी सुरक्षा एजेन्सी ‘सीआइए’ का करिब २०० एजेन्ट अहमदावादमा आएका छन् |

यस्तो छ  ट्रम्पको कार:


विश्वकै शक्तिशाली नेता अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने कार विशेष धातुबाट बनाइएको छ | जसमा बन्दुकको गोली, बम, क्षेप्यास्त्र हमलाले समेत कुनै प्रभाव पार्न सक्दैन |  पोली कार्बोनेटको पाँच तहबाट उक्त कारको झ्याल बनेको छ भने सिसामा समेत बन्दुकको गोलीले समेत क्षेडन सक्दैन |

उक्त  कार अमेरिकी सिक्रेट सर्भिसका विशेष प्रशिक्षित कमाण्डोले चलाउने गर्दछन् । जस्तोसूकै परिस्थिति र स्पिडमा कारलाई १८० डिग्रीमा मोड्न सक्ने क्षमता भएका अभ्यस्त चालकलाई ट्रम्पको कारको जिम्मा दिइन्छ । ट्रम्पको कारमा एउटा स्याटेलाइट फोन पनि छ, जसको माध्यमबाट उनले जस्तोसूकै परिस्थितिमा अमेरिकी उपराष्ट्रपति र पेन्टागन मुख्यालयमा सम्पर्क गर्न सक्छन् | कारको इन्धन ट्याङ्क पनि जस्तोसूकै हमलालाई झेल्न सक्ने गरी डिजाइन गरिएको छ । गाडीको तल्लो भागमा पनि स्टिलको पाता लगाइएको हुन्छ, जो भूमिगत अवस्थामा राखिएका विस्फोटक पदार्थबाट हुने क्षतिलाई रोक्न सक्छ ।

अमेरिकी राष्ट्रपतिको कारमा चालकका लागि छुट्टै केबिन बनाइएको हुन्छ । चालकले राष्ट्रपतिको कुनै पनि गतिविधि देख्न सक्दैनन् | केविनमा कम्युनिकेशन र जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको हुन्छ, जसको मद्दतमा सुरक्षाकर्मीले राष्ट्रपतिको कारको हरेक सेकेन्डको गतिविधिलाई निगरानी गर्न सक्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई