2026-09-20 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैंमाथि चक्कु प्रहार गर्दै फेसबुक लाइभ, प्रहरीले यसरी फेला पार्यो

फागुन ७, काठमाडौँ | प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो । फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो । 

फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले कालीमाटी नजिकैको रहेका एक युवाले आफूलाई बाच्न मन नलागेको त्यसैले आफूले आफैलाई सिध्याउने प्रयास गरिरहेको भन्दै आफूले आफ्नै छातीमा चक्कु प्रहार गर्दै फेसबुकमा लाइभ गरिरहेका थिए ।  सूचना पाउने बित्तिकै डीएसपी पशुपति राय नेतृत्वको टोलीले टेक्निकल इन्टेलिजेन्समार्फत फेसबुक प्रयोगकर्ताको लोकेसन यकिन ठेगाना पत्ता लगायो । 

प्रयोगकर्ता कालीमाटी छेउको रविभवनमा रहेको पत्तो पाएपछि सिआईबीले महानगरीय प्रहरी वृत्त कालीमाटीलाई घटनाबारे जानकारी दियो। वृत्तका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले आत्महत्याको प्रयास गरिरहेका युवाको घर पत्ता लगाउन एकछिन समय लगायो । लगत्तै दोस्रो घरको भुइँतलामाती युवा भेटिए । जसले आफैंमाथि चक्कु प्रहार गर्दै लाइभ गरिरहेका थिए। 

वृत्तको टोलीसँगै सिआईबीको टोली पनि उक्त घरमा पुगेको थियो। सिआईबीका अनुसार फेसबुकबाट सूचना पाएको एक घन्टा पनि नबित्दै प्रहरीले आत्महत्याको प्रयास गरिरहेका युवाको डेरामा पुगेको थियो । प्रहरीले आमासँग डेरामा बस्दै आएका ती २९ वर्षीय युवा डिप्रेसनको सिकार भएको अनुमान गरेको छ। 

विज्ञापन एजेन्सीमा काम गर्नेती युवाले प्रहरीलाई अष्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्‍न नपाएको बताएकोकान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो