Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

चौथौ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा छनोट चरणका तीन खेल सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बुधबारबाट सुरू भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेलहरु सम्पन्न भएका छन। पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफ एमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५(३, २५(२ र २५(६ को लगातार तीन सेटमा जित हात पारेको हो। यस्तै, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र ए पी एफबीच भएको खेलमा आर्मीलाई ए पी एफले पराजित गरेको छ। खेलमा आर्मीले २५(२१ र २५(१५ को दुई सेट जित्यो भने ए पी एफ ले २५(१७, २५(९ र १५(९ का तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो। अन्तिम खेलमा नेपाल पुलिस क्लबले होङवान्जी न्यू डायमण्ड एकेडेमीलाई लगातार तीन सेटमा पराजित गर्न सफल भयो।

पुलिसले २५(२२, २५(२१ र २५(१७ को सेटमा डायमण्डलाई पराजित गरेको हो। डाइमण्डकी सफल खेलाडी प्रतिभा माली घाईते भएर बेड रेस्टमा रहेका कारण डायमण्डको टोली माली बिना नै प्रतिस्पर्धामा उत्रिएको थियो। प्रतियोगितामा बिहीबार बिहान लिग चरणको अन्तिम खेल नेपाल पुलिस क्लब र आयोजक दिदीबहिनी एफ एमको समुहका बीचमा हुनेछ।

लगत्तै पहिलो सेमी फाईनलका दुई खेल हुनेछन। प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन। महिलाहरुको व्यवस्थापनमा मात्र संचालनमा रहेको रेडियो दिदीबहिनीको दशाौँ बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तेह्रौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबलको आयोजना गरिएको हो। फागुन १ गतेबाट सुरू भएको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिईन।