पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ९, काठमाडौँ | बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू। २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो ।

यस अघि २०७३ साउन ११ गते रू। २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९औं पटक हो ।

बिहीवार नेप्सेमा १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता शेयरको किनबेच भयो । साथै, नेप्से परिसूचक पनि २२ महीना यताकै उच्च १ हजार ४३४ दशमलव ५७ विन्दुमा पुग्यो । यसअघि २०७५ वैशाख ९ गते नेप्से परिसूचक १ हजार ४३८ दशमलव ४९ विन्दु रहेको थियो । त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजारमा पछिल्लो केही समययता उकाले लाग्ने क्रममा छ ।

बिहीवार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ । शिवम्को २ लाख ५६ हजार ९०२ कित्ता शेयरको किनबेच हुँदा रू। १७ करोड २ लाख १३ हजार बराबरको कारोबार भएको छ ।

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रजिता बुढाथोकीले लेखेकी छिन् ।