२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ तोला सुनसहित दुई जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १२:५३

फागुन १३, लहान । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो ।

प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई चेक गर्दा दुबैको साथबाट सुनको चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइछिपाइ राखेको करिब रु १५ लाख ५८ हजार मूल्य बराबरको अवैध सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

पक्राउ परेको सुनसहित दुबैमाथि कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । यस्तै प्रहरीको टोलीले सिरहाको कर्जन्हा नगरपालिका–३ जनक चोकबाट लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया निवासी ३४ वर्षीय तीर्थबहादुर कार्कीलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको टोलीले स१०प ३४०२ नम्बरको मोटरसाइकलमा सबार कार्कीलाई डाइलेक्स डिसी पाँच बोतल, नाइट्रोभेट ट्ययाब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पिस लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा