2026-07-25 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालद्वारा उम्मेद्वारी घोषणा

फागुन १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौंमा होटल याक एण्ड यतीमा एक कार्यक्रम गरेर ढकालले आगामी चैत २८ र २९ मा हुने साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

६३ जिल्ला अध्यक्ष, ६० भन्दा बढी वस्तुगत तर्फका अध्यक्षसहित पूर्व अध्यक्षहरूलाई राखेर ढकालले उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी घोषणा सभामा महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरू पनि सहभागी थिए । 

आर्थिक समृद्धिका लागि राज्यले निजी क्षेत्रलाई पाटनरका रूपमा लिनुपर्ने भन्दै ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारा अघि सारेका छन् ।  एक : राज्यको नीतिलाई सहयोग पुग्ने, दुई : धेरैभन्दा धेरै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने र तीन : व्यवसाय नाफामुलक र दिगो हुनुपर्ने रहेका छन् । 

महासंघमा हाल उपाध्यक्ष रहेका ढकालले उम्मेद्वारी दिने घोषणा गर्दै भने ‘देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभयो,त्यही कारण म वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।’ गत पुसमा ढकालको गृहजिल्ला बागलुङ उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्षको रुपमा लड्ने उनले घोषणा गरेका थिए । 

उम्मेदवारी घोषणा गर्दै उनले महासंघको आगामी अध्यक्ष शेखर गोल्छा ‘डाइनामिक’ रहेको पनि बताए । ”महासंघको भावि अध्यक्षका रूपमा हामीले आगामी तीन वर्षका लागि डायनामिक नेतृत्वका रूपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं,” उनले भने, “उहाँको नेतृत्वको टिम व्यावसायिक र गतिशील बन्नेछ ।” यो टिमले महासंघलाई एक र एक जोडेर दुई नभई, एक र एक जोडेर ११ बनाउने उनले बताए ।

ढकालले आफु बागलुङको गाउँमा जन्मेर सहायक स्तरको जागिर हुँदै सुरु गरेको व्यवसायबाट यहासम्म आएको भन्दै आइएमई हुँदै बैंक, बीमा केबलकार हुँदै सेवा क्षेत्र व्यवसाय विस्तार गरेको जानकारी दिए । 

उनले राजनीतिक नेतृत्वले लिएको नीति अनुसार सरकारी संयन्त्रले काम नगरेको भन्दै उद्योगी व्यवसायीले नेपालको परम्परागत संरचनामा काम गर्न नपाएको गुनासो गरे । राज्य हाम्रो अभिभावक भएको र सहजिकरण गर्नुपर्ने कतिपय अवस्थामा सघर्ष गर्नुपर्ने बताए । निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्ने र करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेको ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक