२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षकले गरे बलात्कार

१६ फाल्गुन २०७६, शुक्रबार ०८:०२

फागुन १६, बझाङ | बझाङको दुर्गाथली गाउँपालिका–४ मा पर्ने भैरव माविमा कार्यरत दुई जना  शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि बलात्कार गरेका छन् | बलात्कारमा परेकी ति किशोरीको पेटमा ७ महिनाको अबैध गर्भ रहेको छ |

शिक्षकहरू वसन्त ओली र  शिवराज जोशीले ती  किशोरीलाई  ललाइफकाई  पटकपटक  यौनशोषण  गरेपछि किशोरीको पेटमा अहिले सात महिनाको गर्भ रहेको जानकारी भएपछि कानुनी उपचारका लागि आफन्तले  प्रहरी, मानव अधिकार कर्मीलाई गुहार्न अहिले सदरमुकाम आएका छन् |

 मानसिक रोगि बहिनीको कानुनी उपचारका लागि सदरमुकाम आएका पीडित किशोरीका दाइ उपेन्द्र रेग्मीले‚थानीय गाउँकै नाता लाग्ने शिक्षकहरूबाट यस्तो घृणित कार्य भएको जानकारी पाएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिएका छन् |

राम्ररी बोल्न नसक्ने ती  किशोरीले गाउँका शिक्षक शिवराज जोशी र वसन्त ओलीले आफूलाई गएको जेठ महिनादेखि पटकपटक यौनशोषण गर्दै आएको बताएकी छिन् | शिक्षक जोशी पीडित किशोरीका हाडनाता पर्ने दाइ हुन, भने शिक्षक ओली छिमेकी गाउँका दाइ पर्ने मान्छे हुन | अभियुक्त दुवै शिक्षक शनिबार देखि फरार छन | 

प्रहरी  नायब उपरीक्षक गणेश बमले जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको बताएका छन् | उनका अनुसार अभियुक्तको  खोजी  कार्य भइरहेको छ | पीडित किशोरीलाई सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवासगृहमा राखिएको छ |- यो समाचार आजको गोरखा पत्रमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह