2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबारे विश्व स्वास्थ्य सङ्गठनको यस्तो चेतावनी

फागुन २०, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभरी निकै चिन्ता बढेको छ | विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोनाभाइरसका कारण विश्वको अवस्था के होला भन्नेबारे अनुमान गर्न नसकिने चेतावनी दिएको छ |

हाल सम्म कोरोनाभाइरस नियन्त्रणको उपाय केहि नभेटिएको र अनौठो खालको भाइरस भएको सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले बताएका छन् | त्यसकारण कोरोना बिरुद्ध विश्वका सबै राष्ट्रहरुले एक भएर लाग्नु पर्ने उनको भनाई छ |

अनौठो खालको भाइरस भएकाले विश्वभरी खतराको रुपमा रहन सक्ने भन्दै सतर्क रहन विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ | हाल सम्म कोरोनाभाइरस ७४ भन्दा बढी देशमा फैलिसकेको छ | ३ हजार भन्दा बढिको मृत्यु भइसकेको छ |

त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् | उक्त भाइरस ९० हजार ९ सय ३१ जनामा सङ्क्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ |

यस अघिनै विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ,भने नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई