२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थामा यौनसम्पर्क गर्न हुन्छ/हुँदैन ? यस्तो छ डाक्टरको सुझाव

२१ फाल्गुन २०७६, बुधबार १२:१०

फागुन २१, काठमाडौँ | 

डा. राजेन्द्र भद्रा 

डा. सा’ब, विवाह गरेको दुई वर्षपछि मेरी श्रीमती गर्भवती भइन्। अहिले उनको गर्भमा तीन महिनाको शिशु छ। गर्भवती भएका बेला हामी दुवैलाई शारीरिक सम्बन्ध राख्ने रहर छ, तर गर्भ तुहिने डरले गर्दा हामीले हस्तमैथुन गरेर चित्त बुझाउने गरेका छौं। गर्भवती भएका बेला शारीरिक सम्बन्ध राख्न हुन्छ कि हुँदैन? यदि हुन्छ भने कुन यौनका आसनहरूबाट गर्भको बच्चालाई अप्ठेरो नपर्ला? यो विषयमा जानकारी गराइदिनुहुन अनुरोध गर्छु।

-गर्भावस्थामा यौनसम्पर्क गर्ने चाहना हुँदाहुँदै पनि यसरी यौनसम्पर्कबाट परहेज गर्नुलाई श्रीमती र गर्भे शिशुको स्नेहभावका रूपमा लिएको छु। यस्तो स्थिति नभए पनि कतिपय व्यक्तिले विवाहित जीवनमा पनि हस्तमैथुन गर्ने गर्छन्। तपाईंलाई थाहै होला, हस्तमैथुन गर्ने कार्यमा अभ्यस्त भएपछि कतिपय व्यक्तिले कसरी आफू सजिलै यौन चरमसुखको स्थितिमा पुग्ने भन्ने कुरा सिक्छन् र यसको बारम्बार प्रयोग गर्न थाल्छन्। विवाहपछि पनि यस्तो क्रम चल्ने भएकाले हस्तमैथुन गर्ने गरिएको पाइन्छ। केही स्थितिमा आफूले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गरेपछि आफ्नो श्रीमान् वा श्रीमतीको यौनचाहना पूरा गर्नेतिर ध्यान दिँदैनन् र यस्तो स्थितिमा भने समस्या पर्छ। 

खुसीको कुरा के भने, यहाँ तपार्इंले हामी भन्ने शब्द प्रयोग गर्नुभएको छ। यसको अर्थ तपार्इं आफूले मात्र नभई दुवै जनाले नै हस्तमैथुन गर्ने गर्नुभएको बुझिन्छ। लिङ्ग–योनि मैथुन अर्थात् यौनसम्पर्क गर्न नपाइएको स्थितिमा यदि दुवैले नै यसरी हस्तमैथुन गर्न सकिने स्थिति भयो भने गर्भास्वस्थामा मात्र होइन, अन्य अवस्थामा पनि यौनसुख प्राप्त गर्न धेरै नै सहयोग गर्छ, जसले दाम्पत्य जीवनलाई बलियो बनाउँछ नै। 

के गर्भवती अवस्थामा यौनसम्पर्क राख्न हुन्छ ?

महिला वा गर्भको बच्चालाई केही नकारात्मक असर पर्ला कि भन्ने श्रीमान् वा हुनेवाला पितालाई चिन्ता हुनु स्वाभाविक पनि हो। तर, यस प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनकि यसबारे पहिले त अन्य कसैलाई वा चिकित्सकलाई सोध्नै सकिँदैन,अनि नसोधी कसैले राम्ररी यसबारे भनिदिँदैनन्। त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ।

यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने (contraction), गर्भे शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गई संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क राखेको पाइन्छ। तपाईं वा तपाईकी श्रीमतीले पनि साथीभाइ वा अन्य कसैबाट यस्तै केही सुन्नुभएको हुन सक्छ। 

तर कतिपय चिकित्सक यसमा खास वैज्ञानिक आधार नभएको ठान्दछन्। मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्नलाई कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलाप सुचारु रूपमा अगाडि बढाउन सकिन्छ। यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन। एकपल्ट विचार गर्नुहोस् त, सामान्यतया कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए/नभएको भन्ने कुरा नै थाहा हुँदैन, तर यौनसम्पर्कलाई निरन्तरता दिन्छन्। अहिले चिकित्सा विज्ञानमा भएको विकासले मात्रै गर्भ रहेको केही समयमा नै थाहा पाइने भएको छ।

गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ?

गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको बच्चालाई हानि पुग्छ कि भन्ने डर मनमा भयो भने यौनसम्पर्कमा नै नकारात्मक प्रभाव पर्छ। यौनसम्पर्क नै नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा सम्भावना बढ्न सक्छ। अन्य बेलामा जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छन्। 

यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि तथा भावनात्मक परिवर्तनहरूप्रति जानकारी हासिल गरी यसप्रति संवेदनशील भएमा महिलाको शरीर तथा भावनालाई बुझ्ने अवसर प्राप्त हुन्छ। यौनसम्पर्ककै लागि पनि नयाँ तरिका वा आसनहरूका बारेमा खोज गर्न तथा सिक्न सकिन्छ। सोअनुसार नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा समीप हुन तथा बुझ्न मद्दत मिल्छ। यौन सम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघरको तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत हुन गई बलियो हुने अर्को थरीको तर्क छ। 

गर्भावस्थामा यौनसम्पर्क राख्दा के–के सावधानी अपनाउनुपर्ला त?

गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतारचढाव आउँदा कसैमा यौनचाहना कम हुन र कसैमा बढ्न पनि सक्छ। यस्तो बेलामा उहाँको भावनालाई ठेस पुग्ने गरी यौनसम्पर्कका लागि जोर–जबरजस्ती नगरी यौन क्रियाकलामा संलग्न हुन पनि प्रयासरत हुनुपर्छ। 

अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यसको आसनका बारेमा विशेष ख्याल राख्नुपर्छ। कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो। पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाको लागि सजिलो सावित हुन सक्छ, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौन साथीसँग उसको अनुभवबारे कुरा गर्नुपर्छ। लिङ्गको प्रवेश नै नगराई यौन आनन्द पाउने वैकल्पिक उपायहरूको अवलम्बन पनि गर्भावस्थामा बडो आनन्ददायी साबित हुन सक्छ।

यदि यौनसम्पर्कपश्चात् योनि रक्तश्राव, पेट दुख्नु वा गर्भ तुहिन थाल्नु जस्ता अन्य कुनै लक्षण देखिएमा वा योनिबाट पानी बगेमा यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ। आवश्यक परे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ। यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ |-स्रोत साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य