२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दम्पतीको यस्ता आनीबानीले गर्दा कलह उत्पन्न हुन्छ, के – के हुन् ति आनीबानी ? जान्नुहोस

२२ फाल्गुन २०७६, बिहीबार ०६:५३

श्रीमान र श्रीमतीको पनि हरेक कुरा आपसमा मिल्दैन । हुन त व्यवहारिक जीवन चलाउन उनीहरुले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । सवैको स्वभाव एवं प्रवृत्ति एकनास हुँदैन । एकअर्काको आनीबानी, प्रवृत्ति स्विकार्नुपर्ने हुन्छ । तर, कतिपय स्वभाव वा प्रवृत्तिलाई उनीहरुले सहजै पचाउन सक्दैनन् ।

कलह पैदा गर्नका लागि श्रीमान र श्रीमतीबीच त्यस्तै आनीबानी पनि निहुँ बन्छ । ति कुराहरु के के हुन् जान्नुहोस ।

अरुसँग तुलना गर्नु- मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । तर, दम्पतीले एकअर्कासँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले उनीहरुको आत्मासम्मानमा ठेस पुग्छ । पार्टनरको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ ।

आदेश दिने- पार्टनरमाथि आदेश लाद्ने वा कुनैपनि अह्राइ-खटाइ गर्ने प्रवृत्ति राम्रो होइन । किनभने पार्टनरको मुड सधै एकनास हुँदैन । कहिले काहीँ दिक्क लागिरहेको हुनसक्छ । झर्को लागिरहेको हुनसक्छ । कुनै शारीरिक वा मानसिक समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा पार्टनरले आदेश लाद्नु उपयुक्त हुँदैन ।

आफ्नै मर्जी अनुसार सबै काम गर्ने- पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपयको बानी के हुन्छ भने, जुनसुकै काम आफ्नो निर्णयमा गर्ने । अरुको सल्लाह उचित ठान्दैनन् । यस्तो व्यवहारले पनि पार्टनरको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ ।

खुलेर कुरा नगर्ने- श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । यदि कसैले आफ्नो कुरा लुकाउँछ वा गोपनियता अपनाउने चेष्टा गर्छ भने त्यसले दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याउँछ । विश्वासको कमी ल्याउँछ । त्यसैले दम्पतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै