2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क लुकाए वा महँगोमा बेचे ३ लाख सम्म जरिवाना,११३७ मा फोन गर्न आग्रह

फागुन २२, काठमाडौँ | चिनको हुवानबाट सुरु भएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्वभरी त्रास फैलिएको छ | नेपालमा पनि उक्त भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउँन थालिएको छ | हाल बजारमा मास्कको निकै अभाव देखिएको छ |

अरु समयमा रु ५ मा पाइने मास्क अहिले रु ३० पर्न थालिसकेको छ | यस्तो अवस्थामा सरकारले मास्क लुकाउने वा महँगोमा बेचेको पाइएमा ११३७ नम्बरमा फोन गर्न आग्रह गरेको छ | बजारमा नपाइने र पाइएपनि महँगो लिनेगरेको गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा फोन गर्न आग्रह गरिएको हो |

उक्त कार्य गरेको पाइए उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ | गएको मंगलबार देखि बजारमा मास्क लुकाउने र महङ्गो मूल्य लिएको पाइए कारबाही गर्न थालिएको विभागले जनाएको छ |

सरकारले मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराए छ भने महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच/पाँच हजार जरिबाना तिराएको विभागले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई