२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलले ल्यायो यस्तो अफर,कसरी सुचारु गर्ने ?

२०७६, २५ फाल्गुन आईतवार ०८:०२

फागुन २५, काठमाडौं | एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ | जसअन्तर्गत मुख्य ब्यालेन्स अर्थात पे एज यू गोबाट चलाउँदा लाग्ने २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने भएको छ |

अब एनसेलका इन्टरनेट प्रयोगकर्ताले मुख्य ब्यालेन्सबाटै सुलभ दरमा डाटा चलाउन सक्ने छन | आइतबार एन्सेलले मख्य ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित अफर ल्याएको हह |

 यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ | ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँदा खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँने छन |

ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दा थप १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त गर्ने छन् | यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि समयावधि भने २ दिनको हुनेछ |

ग्राहकले पे एज यू गो अन्तर्गत पहिलो १० खर्च गरेपछि, प्रत्येक थप १० डेटामा खर्च गरे वापत २०/२० एमबी बोनस डेटा प्राप्त गर्ने छन | ग्राहकले २ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् |

यसैगरी ग्राकहले ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् | यदि ग्राहकले मेन ब्यालेन्सको १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डेटा पाउनेछन् |   

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य सहित यो योजना ल्याएको एनसेलले जनाएको छ | सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भएपनि यो योजना डेटा प्याक नलिई पे एज यु गोमार्फत सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि एकदमै फाइदाजनक हुने कम्पनीको दाबि छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश