२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस : क्वारेन्टाइनमा बसेका सांसद राष्ट्रपति ट्रम्पसँगै विमानमा उडे

२०७६, २७ फाल्गुन मंगलवार ०७:५३

फागुन २७, एजेन्सी | संयुक्त राज्य अमेरिकामा क्वारेन्टाइनमा बसेका दुई रिपब्लिकन कंग्रेस सदस्य(सांसद) राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा गएका छन् | उनीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)संक्रमित व्यक्तिहरुको सम्पर्कमा गएको बताइएको छ |

सोमबारबाट फ्लोरिडाका रिपब्लिकन सांसद म्याट गेट्ज र जर्जियाका डग कोलिन्सले दुई हप्ते क्वारेन्टाइन सुरु बताएका छन | दुवै कंग्रेस सदस्यले आफूमा रोगको लक्षण नदेखिएको दाबि गरे | गेट्ज सोमबार ओरलाण्डोदेखि वाशिन्टनसम्म अमेरिकी राष्ट्रपतिले चढ्ने विशेष विमान एयर फोर्स वनमा उडेको बताइएको छ | यात्राको कुनै विन्दूमा उनी संक्रमित भएको सम्पर्कमा आएको ब्ताइएको थियो | 

गेट्जको ट्वीटर अकाउन्टमा भनिएको छ,‘गेट्जमा कुनै लक्षण देखिएको छैन । उनले आज परिक्षण गराएका छन् र त्यसको परिणाम छिट्टै आउने आशा गरिएको छ,|’शुक्रबार कोलिन्सले ट्रम्पलाई हात मिलाएर एट्लान्टा विमानस्थलमा स्वागत गरेका थिए । त्यसको केहीपछि मात्र कोलिन्सले उनी कन्जरभेटिभ सम्मेलनमा संक्रमितसँग नजिकिएको जानकारी दिएका थिए | अमेरिकाको संघीय रोग नियन्त्रण तथा रोकथाम निकायले कोरोनाभाइरस प्रभावित भनेर पुष्टि भएका व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ |

चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा दर्जनौँको मृत्यु भइसकेको छ भने सयौं संक्रमित भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ