२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्सले गर्यो कतारको उडान स्थगित,टिकट काटेका यात्रुले पैसा फिर्ता पाउने

२०७६, २७ फाल्गुन मंगलवार ०९:५१

फागुन २७, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण फैलिदै गएपछि नेपाल एयरलाइन्सले पनि कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको छ | कोरोनाभाइरसबाट बच्नकालागि आवश्यक पुर्व सतर्कता अनुरुप कतारले नेपाल सहित १४ देशका नागरिकहरुलाई प्रवेशमा रोक लगाएको छ |

योसंगै नेपाल एयरलाइन्सले मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान स्थगित गरेको हो | यसअघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइइन्सले समेत उडान स्थगित गरेको थियो | सरकारले हाललाई कतारको श्रम स्विकृति पनि स्थगित गरेको छ | 

त्यस्तै वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले जानकारी दिए |

नेपालीहरु पनि हाल कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरिएको नेपाल एयरलाइन्सले जनाएको छ | कतारको लागि २६ फागुन २०७६ भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै पाउने भएका छन् |

नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गर्दै आएको थियो |  टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध