२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट ब‍च्‍न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु, २१८ जना अस्पताल भर्ना

२७ फाल्गुन २०७६, मंगलवार १०:३१

फागुन २७, एजेन्सी | यतिबेला विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को कारणले विश्व नै आक्रान्त बनेको छ | चिनको हुवानबाट सुरुभएको उक्त भाइरसले महामारीको रुप लिएको छ | चिनमा कोरोनाभाइरस संक्रमणको दर घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ |

कोरोनाबाट बच्न मानिसले आवश्यक सतर्कता अपनाई रहेका बेला इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा भने कोरोना संक्रमणबाट बच्‍न विषाक्त मदिरा सेवन गरेका छन | उक्त मदिराले २७ जनाको ज्यान गएको  इरानी समाचार संचार माध्यमहरुले जनाएको छन् |

मदिरा सेवन गरेपछि कोरोनाभाइरसको संक्रमण नहुने सुनेपछि अत्त्याधिक मदिरा सेवन गरेकाका उनहरुको ज्यान गएको बताइएको छ | 'अवाजका नागरिकले अल्कोहल पिउँदा कोरोना भाइरसको संक्रमण नहुने सुनेपछि उनीहरुले कोरोनाबाट बच्‍न अत्यधिक अल्कोहल सेवन गरेका थिए,'अवाज विश्वविद्यालयको चिकित्सा विज्ञानका प्रवक्ता अली इशानपउरले बताए |

इरानमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सामाजिक सन्जालमा अफवाह फैलाइएको छ | त्यस्तै सामाजिक सन्जालमा मदिरा सेवन गरे कोरोना भाइरसले संक्रमण गर्दैन भन्ने गलत जानकारी फैलाइएको थियो | तर इरानमा मदिरामा प्रतिबन्ध लगाइए पनि केहीले औधोगिक कार्यका लागि प्रयोग गरिने विषाक्त मदिरा पिएको जनाइएको छ |

मदिरा सेवन गरेका २१८ जनाको इरानका विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ | इरानमा हालसम्म कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएको छ भने सात हजार १६१ कोरोना संक्रमित छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने