Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरोनाभाइरसबाट ब‍च्‍न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु, २१८ जना अस्पताल भर्ना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, एजेन्सी | यतिबेला विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को कारणले विश्व नै आक्रान्त बनेको छ | चिनको हुवानबाट सुरुभएको उक्त भाइरसले महामारीको रुप लिएको छ | चिनमा कोरोनाभाइरस संक्रमणको दर घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ |

कोरोनाबाट बच्न मानिसले आवश्यक सतर्कता अपनाई रहेका बेला इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा भने कोरोना संक्रमणबाट बच्‍न विषाक्त मदिरा सेवन गरेका छन | उक्त मदिराले २७ जनाको ज्यान गएको  इरानी समाचार संचार माध्यमहरुले जनाएको छन् |

मदिरा सेवन गरेपछि कोरोनाभाइरसको संक्रमण नहुने सुनेपछि अत्त्याधिक मदिरा सेवन गरेकाका उनहरुको ज्यान गएको बताइएको छ | 'अवाजका नागरिकले अल्कोहल पिउँदा कोरोना भाइरसको संक्रमण नहुने सुनेपछि उनीहरुले कोरोनाबाट बच्‍न अत्यधिक अल्कोहल सेवन गरेका थिए,'अवाज विश्वविद्यालयको चिकित्सा विज्ञानका प्रवक्ता अली इशानपउरले बताए |

इरानमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सामाजिक सन्जालमा अफवाह फैलाइएको छ | त्यस्तै सामाजिक सन्जालमा मदिरा सेवन गरे कोरोना भाइरसले संक्रमण गर्दैन भन्ने गलत जानकारी फैलाइएको थियो | तर इरानमा मदिरामा प्रतिबन्ध लगाइए पनि केहीले औधोगिक कार्यका लागि प्रयोग गरिने विषाक्त मदिरा पिएको जनाइएको छ |

मदिरा सेवन गरेका २१८ जनाको इरानका विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ | इरानमा हालसम्म कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएको छ भने सात हजार १६१ कोरोना संक्रमित छन् |