योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नदीको कात्तिके घाटमा बन्न लागेको फेरीलाई रोक्न खोजेको आरोप सञ्चार मन्त्री शेरधन राईमाथि लागेको जानकारी आएको छ ।

फेरी निर्माणका लागि टेण्डर प्रक्रिया पूरा भएर हाल कार्यान्वयनको चरणमा छ । तर, एमाले नेता समेत रहेका राईले सडक बिभागमा अनावश्यक दबाब दिएर त्यसलाई रोक्न खोजेको स्थानीयबासीले आरोप लगाएका छन् । लेगुवा घाटमा रहेको प्रयोगविहीन फेरीलाई कात्तिके घाटमा लैजानका लागि सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा व्यक्तिगत रिसिबिका आधारमा मन्त्री राईले आफ्नो पदको दुरुपयोग गर्दै सुनबालुवा लान सडक बिभागका कर्मचारीलाई दबाब दिएको खुल्न आएको छ । लम्छुवा घाटको पुल लामो समयदेखि अलपत्र हुदा संखुवासभा र भोजपुरको उत्तरी र पूर्वी क्षेत्र देउराली, बोया, कुलुङ्, साङपाङ,कुदाककाउले, केउरेनिपानी, मुलपानी, तुङ्गेछा, नेपालेडाँडा, खार्तम्छा लगायतका २० गाविसका साथै सोलुखुम्बुका हजारौं नागरीकले सास्ती खेपर्दै आएका छन् । मन्त्री राईले पटक-पटक फेरी रद्ध गरी सुनबालुवामा लैजान दबाब दिएपछि दिङ्ला लगायत २० गाविसका नागरीकले राईले जनविरोधी र विकास विरोधी कलम चालेको आरोप लगाएका छन् । उनीहरुले निर्णय भैसकेर कार्यन्वयनको चरणमा रहेको फेरी अन्यन्त्र सार्न दबाव दिनु जनहित विपरित भएको भन्दै आक्रोश पोखे ।

दिङ्लाका नागरीक अगुवा शम्भु अधिकारीले मन्त्री राईको जनविरोधी कदमको समयले मूल्यांकन गर्ने बताए ।

एमालेका कारण अरुण नदीको कात्तिके घाटमा फेरी निर्माणको विवाद
Leave a Comment