२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुटल र पठाओ बन्द नहुने

२०७६, ३० फाल्गुन शुक्रबार ०३:१५

फागुन ३०, काठमाडौं । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो ।

छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी यातायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको जनाउँदै आएका थिए ।

मन्त्री नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना