२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अब गर्मी लाग्यो, कोरोना भाइरसको संक्रमण घट्दै जाला ?

२ चैत्र २०७६, आईतवार ०६:३५

चैत १, काठमाडौँ | विश्वमै महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस गर्मीमा घट्दै जाने हल्लाकै बीच धेरैलाई यस बिषयमा तथ्यबारे जान्ने इच्छा छ । यो भाइरसको संक्रमणले आजसम्म विश्वलाई नै प्रभावित पारेको छ भने ५ हजार भन्दा बढीले मृत्यु वरण गरेका छन् ।

चिसो मौसममा हुने इन्फ्लुएन्जा र कोरोनाभाइरसको संक्रमणका लक्षणमा धेरै समानता रहे पनि संक्रमितको मृत्युदरमा भने निकै भिन्नता छ । इन्फ्लुएन्जासँगै लक्षणहरुको समानता रहेका कारण कतिपयले कोरोनाभाइरसको संक्रमण चिसो मौसमको समाप्तिसँगै अन्त्य हुने अनुमान समेत गरेका छन् । के गर्मी मौसम लागेसँगै कोरोनाको प्रभाव अन्त्य होला त ? वैज्ञानिकहरुबाट प्रष्ट जवाफ नआए पनि कोरोना संक्रमण, यसले विश्वको खास भूखण्डमा पारेको प्रभाव लगायत विविध पक्षमाथि केन्द्रित रहेर अनुसन्धानहरु भइरहेका छन् ।

अमेरिकी सैन्य चिकित्सा शोधकर्ता नेलशन माइकलका अनुसार कोरोनाले चिसो मौसममा मात्र बढी प्रभाव पार्ने देखिन्छ । इन्फुएन्जा चिसो मौसममा हुर्कन्छ, त्यसैले चिसोमा उत्तरी गोलार्धका अधिकांश हिस्सामा यसको प्रभाव बढी देखिएको छ । यसैका आधारमा कोरोनाभाइरसको प्रभाव पनि गर्मीमा घट्न सक्ने उनको अनुमान गरिएको छ ।

तर, माथिको अनुमानलाई चुनौती दिने गरि कोरोनाको संक्रमण गर्मीमा पनि फैलिएको पाइएको छ । हाल गर्मी सिजन रहेको सिंगापुरमा एक सयभन्दा बढीलाई कोरोनाको संक्रमण देखिएको छ । जसले विश्वलाईनै झस्काइदिएको छ । यतिमात्र नभएर अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना जस्ता मध्यगर्मी झेलिरहेका मुलुकहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गर्मी सुरु भएसंगै भाइरसको प्रभाव घट्ने अनुमान भैरहँदा यो अनुमान कति सहि सावित होला हेर्न बाँकी रहंदा गर्मि सकिएपछि फेरी कोरोना भाइरसले आक्रामक रुप लिनसक्ने अनुमान गरिएको छ । भनिएको छ कि ‘अर्को जाडोमा यो फेरि आउन सक्छ,’ ।

तर गर्मी मौषममा यो भाइरसको औषधि पत्ता लगाउन सकियो भने अर्को बर्षको जाडोमा यो भाइरसबाट अहिले झै डराउनु पर्ने छैन । किनकी वैज्ञानिकहरुले त्यतिखेरसम्म भाईरस रोक्ने खोप पत्ता लगाउने समय पाउनेछन् । साथै बिभिन्न देशले यो रोगको रोकथामको लागि आवश्यक तयारी गर्न पाउनेछन् । 

कोरोनाभाइरसबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुका अनुसार एउटा निश्चित वातावरण र क्षेत्रमा यसको प्रभाव देखिएको छ । कोरोनाभाइरसको पहिलो संक्रमण फेला परेको चीनको वुहानदेखि लिएर इरान, इटाली र दक्षिण कोरिया पृथ्वीको लगभग समान अक्षांसमा पर्दछन् । यी मुलुकमा लगभग उस्तै तापक्रम र सापेक्ष आद्र्रता रहेको छ ।

मेरिल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोनाको संक्रमण बढी देखिएका उल्लेखित मुलुकहरुको भौगोलिक अवस्थितिलाई आधार मानेर यसको सम्भावित जोखिममा रहेका केही मुलुकको सूची पनि जारी गरेका छन् जहाँ अहिलेसम्म कोरोनाको त्यति प्रभाव देखिएको छैन ।

यो शोध प्रारम्भिक नै भएको बताइए पनि केही निश्चित परिस्थितिले यो भाइरस जीवितै रहन सक्ने खतरालाई औँल्याइएको छ । औसत समान तापक्रमका अतिरिक्त समान आद्र्रता र अक्षांशको पृष्ठभूमिमा यो भाइरसको संक्रमण कायम रहन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । खासगरी ३० देखि ५० डिग्री उत्तरी अक्षांशमा पर्ने मुलुकहरु अहिले कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् । 

- सीएनएनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य