२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई पाकिस्तानले किन स्विकार्‍यो ?

२०७६, २ चैत्र आईतवार ०७:५०

चैत २, नयाँदिल्ली | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बिरुद्ध लड्न सार्क राष्ट्र एक हुनुपर्ने भारतीय मोदीले प्रस्ताव गरेका छन् | उक्त प्रश्तावलाई पाकिस्तानले पनि समर्थन गरेको छ | मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्नका लागि भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने ट्वीटमार्फत बताएका थिए |

पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार मध्याह्न ट्वीट गर्दै पाकिस्तानले पनि त्यसलाई समर्थन गर्ने र भिडियो कन्फरेन्समा भाग लिने जनाएकी छन् | ‘कोभिड–१९ को चुनौतीसँग लड्न क्षेत्रीय र विश्वव्यापी समन्वय आवश्यक छ। त्यसैले हाम्रा तर्फबाट पाकिस्तानी प्रधानमन्त्रीका सहायक स्वास्थ्य विज्ञ जाफर मिर्जाले भिडियो कन्फरेन्समा भाग लिने जानकारी गराइसकेका छौं,’ मिर्जाले ट्वीट भनेकी छन्। यसैबीच भारतीय सञ्चार माध्यमले मोदीले प्रस्ताव गरेको भिडियो कन्फरेन्स आइतबार साँझ हुने तय भएको जनाएका छन्। यससम्बन्धमा भारत सरकारले औपचारिक रूपमा केही बताएको छैन। पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै भारतले त्यो नरोकिएसम्म सार्क अघि बढ्न नसक्ने बताउँदै आएको थियो। भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपाललगायत सार्क सदस्य राष्ट्रहरूले तत्कालै स्वागत गरेका थिए। तर पाकिस्तानबाट कुनै प्रतिक्रिया नआउँदा प्रस्ताव कार्यान्वयनमा शंका गरिएको थियो। तर, शुक्रबार मध्याह्न पाकिस्तानले सकारात्मक जवाफ दिएको हो |

भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रिय झैं बन्न पुगेका बेला मोदीको पछिल्लो प्रस्तावलाई विशेष चासोका साथ हेरिएको छ। मोदीको पछिल्लो प्रस्तावलाई केही विश्लेषकले सार्कको पुनर्जीवनका रूपमा अर्थ्याएका छन् भने केहीले यसलाई दक्षिण एसियामा बढ्दो कोभिड–१९ महामारीको त्रासका सन्दर्भमा मात्र हेर्नुपर्ने तर्क गरेका छन् |-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार