२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई पाकिस्तानले किन स्विकार्‍यो ?

२ चैत्र २०७६, आईतवार ०७:५०

चैत २, नयाँदिल्ली | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बिरुद्ध लड्न सार्क राष्ट्र एक हुनुपर्ने भारतीय मोदीले प्रस्ताव गरेका छन् | उक्त प्रश्तावलाई पाकिस्तानले पनि समर्थन गरेको छ | मोदीले सार्क मुलुकका नागरिकलाई स्वस्थ राख्नका लागि भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने ट्वीटमार्फत बताएका थिए |

पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार मध्याह्न ट्वीट गर्दै पाकिस्तानले पनि त्यसलाई समर्थन गर्ने र भिडियो कन्फरेन्समा भाग लिने जनाएकी छन् | ‘कोभिड–१९ को चुनौतीसँग लड्न क्षेत्रीय र विश्वव्यापी समन्वय आवश्यक छ। त्यसैले हाम्रा तर्फबाट पाकिस्तानी प्रधानमन्त्रीका सहायक स्वास्थ्य विज्ञ जाफर मिर्जाले भिडियो कन्फरेन्समा भाग लिने जानकारी गराइसकेका छौं,’ मिर्जाले ट्वीट भनेकी छन्। यसैबीच भारतीय सञ्चार माध्यमले मोदीले प्रस्ताव गरेको भिडियो कन्फरेन्स आइतबार साँझ हुने तय भएको जनाएका छन्। यससम्बन्धमा भारत सरकारले औपचारिक रूपमा केही बताएको छैन। पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै भारतले त्यो नरोकिएसम्म सार्क अघि बढ्न नसक्ने बताउँदै आएको थियो। भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपाललगायत सार्क सदस्य राष्ट्रहरूले तत्कालै स्वागत गरेका थिए। तर पाकिस्तानबाट कुनै प्रतिक्रिया नआउँदा प्रस्ताव कार्यान्वयनमा शंका गरिएको थियो। तर, शुक्रबार मध्याह्न पाकिस्तानले सकारात्मक जवाफ दिएको हो |

भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रिय झैं बन्न पुगेका बेला मोदीको पछिल्लो प्रस्तावलाई विशेष चासोका साथ हेरिएको छ। मोदीको पछिल्लो प्रस्तावलाई केही विश्लेषकले सार्कको पुनर्जीवनका रूपमा अर्थ्याएका छन् भने केहीले यसलाई दक्षिण एसियामा बढ्दो कोभिड–१९ महामारीको त्रासका सन्दर्भमा मात्र हेर्नुपर्ने तर्क गरेका छन् |-यो समाचार आजको कान्तिपुर दैनिकमा छ |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै