असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनयुद्ध नै दोहोर्‍याउने होइन, एकीकृत जनक्रान्ति गर्ने हो: विप्लव

२ श्रावण २०७३, आईतवार ०२:३६


असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट प्रधानमन्त्री बन्ने तयारी गर्दैगर्दा उनका दोस्रो तहका एक सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि अर्को विद्रोहको चेतावनी दिइरहेका छन् । केही समययता अर्धभूमिगत नेकपा माओवादीका महासचिव चन्द मंगलबार राजधानीस्थित एक कार्यकर्ताको डेरामा कान्तिपुरका लागि उपलब्ध भए ।


उनले दाहाल, बाबुराम भट्टराईलगायत नेताले शान्ति प्रक्रिया सुरु भएयता लिएका निर्णयको आलोचना गर्दै केही सैद्धान्तिक प्रश्नहरु उठाए । अनि आफ्नो नेतृत्वमा अब गर्ने भनिएको आन्दोलनबाट राजनीतिक शक्ति आर्जन गर्ने रणनीति रहेको छनक दिए । चन्दसँग सुधीर शर्मा र बसन्त बस्नेतले गरेको कुराकानी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


अर्को आन्दोलन गर्ने, विद्रोह गर्ने भन्ने वास्तविकता के हो भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘ यसका बारेमा बजारमा हामीले सोचेभन्दा फरक प्रचार आएको छ । जनयुद्ध नै दोहोर्‍याउने होइन, एकीकृत जनक्रान्ति गर्ने हो । जनयुद्ध र जनविद्रोहभन्दा मौलिक, जनताको आवश्यकताअनुसार क्रान्तिलाई लैजाने हो ।’


एकीकृत क्रान्तिको स्वरुपका बारेमा उनले जनताको मतद्वारा निर्धारण हुने बताएका छन् । उनले भने, ‘जनताले बिषयलाई उठाउँदा आवाजबाट नै उठाउँछन् । हामी त्यसको प्रतिनिधित्व गर्छौ । त्यसको स्वरुप एकै खालको हुन्छ भन्ने छैन । जनसंघर्षकै रुपमा विकास हुन्छ । त्यसको उत्कर्षमा के हुन्छ, अहिले भन्न सकिन्न । हामीचाहिं सबै विकल्पका लागि तयार हुनुपर्छ भन्नेमा छौं ।’


माओवादी घटकहरुको ध्रविकरणको बारेमा प्रचण्डले गरिरहेको कोसिस प्रति लक्षित गर्दै कान्तिपुरले सोधेको प्रश्नमा उनले भने, ‘त्यसलाई मैले प्रचण्डको राजनीतिक अवसानपछिको ‘ड्रामा’का रुपमा हेरेको छु । हिजोको ‘रियल’ प्रचण्डको राजनीतिक जीवनको अन्त्य भएपछि रहलपहलहरुलाई जोड्ने काम हो । यसको औचित्य छैन ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ