२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब र रूसबीच ‘तेल युद्ध’ किन सुरु भयो ?

२०७६, २ चैत्र आईतवार ०८:१७

एजेन्सी | संसारको अर्थव्यवस्था दोहोरो मारमा परिरहेको छ । एक कोरोना भाइरस र अर्को तेलको बिषयलाई लिएर शुरू भएको विवाद । साउदी अरव र रूस बीच शुरु भएको विवादले कच्चा तेलको मूल्य घटेको छ । 

तेलमा अमरीका आत्मनिर्भर बनेपछि रूस र साउदी अरबमा तेलको उत्पादनलाई लिएर विवाद शुरू भएको छ । साउदी अरबले मूल्य बढाउने उद्देश्यले तेल उत्पादनमा कटौती गरेको थियो । तर यसैबीचमा रूसले साउदीको योजना विफल बनाउने गरि काम गरिदियो । रूसले तेल उत्पादक देशहरुको संगठन ओपेकलाई सहयोग गर्न बन्द गरिदियो । भनिएको छ कि रूसले एसियाली देशलाई तेल निर्यात गर्नमा साउदी अरबलाई चुनौती दिंदैछ । 


समाचार एजेन्सी रोयटर्सको अनुसार रूसको कदमलाई बुझेर साउदीले अब कच्चा तेल २५ डलर प्रति ब्यारलसम्ममा बेच्ने तयारी गरेको छ । 

कोरोना भाइरसको चुनौतीकै बीच शुक्रवार तेलको मूल्य सन् 2008 को मूल्यमा झरेको छ । कोरोनाको कारण कच्चा तेलको माग र आपूर्तिमा समेत सन्तुलित अवस्था छैन ।  

डिसेम्बर 2016 मा रूस र साउदी अरबले भियनामा ११ गैर-ओपेक देश (अब १० देश बाँकी) र ओपेक देशहरुको बीच एक सम्झौतामा हस्ताक्षर गरेको थियो । यस सम्झौताको उद्देश्य थियो कि तेलको मूल्यलाई स्थिर राखिने र कम हुन नदिने ।  शुरुवातमा यो सम्झौता ६ महिनाको लागि थियो तर पछि समय सीमा बढाइयो । जसलाई ओपेक प्लस भनिएको थियो । 

डिसेम्बर 2019 मा यो सम्झौतालाई अप्रिल २० सम्म बढाइएको थियो र आशा गरिएको थियो कि यो सम्झौता थप जारी रहनेछ । 

यसै बीच रूस र साउदी अरबले आ-आफ्नो आर्थिक हितमा कयौं सम्झौतामा हस्ताक्षर गरे । तर ६ मार्चमा  साउदी अरबले रूसलाई तेल उत्पादनमा कटौतीको प्रस्ताव राख्यो, ताकि मागको हिसावमा मूल्य स्थिर राख्न सकियोस् । 

रूसले साउदीको उक्त मागको खारेज मात्र गरेन, पहिलेको जस्तै रुसले सम्झौतामा नरहने फैशला लियो । जसको कारण ओपेक प्लस टुट्न पुग्यो । यहीं कारणले रूस र साऊदी अरबबीच तेलको विषयलाई लिएर विवाद शुरू भयो । 

संचार रिपोर्टसका अनुसार साउदी अरबले तनावलाई हेरेर चीन र भारतमा तेल खरिदकर्तासँग सम्बन्ध बलियो बनाउन चाहन्छ । अहिले रूसी तेलको माग निकै कम गर्दै साउदी अरबले आफ्नो पार्टनर देशलाई तेल धेरै सप्लाई दिन तयार देखिएको छ ।

रुससंग बदला लिनको लागि साउदीले मात्र नभई खाडीका अन्य देशहरुले समेत तेल उत्पादनमा बढावा दिन खोजेको बताइएको छ । रूसको ऊर्जामन्त्री एलेक्जेन्डर नोवाकले शुक्रवार भने अनुसार रुसले ओपेक प्लस देशसंग कुरा गर्ने कुनै कारण नरहेको भन्दै रुसले अप्रिलदेखि आफ्नो तेल उत्पादनलाई बढाएर हरेक दिन दुई लाख ब्यारल उत्पादन गर्नेछ । त्यस्तै साउदी अरबको  लक्ष्य अप्रिलमा २०.६ लाख ब्यारल प्रतिदिन तेलको उत्पादन गर्नु रहेको छ । 

GETTY IMAGE

साउदीले तेल उत्पादन बढाउने लक्ष्य लिएसंगै कोरोना भाइरसको कारण गिर्दै गएको संसारको अर्थव्यवस्थाका बीच तेलको मूल्य अझै घट्ने बताइएको छ । अहिले कच्चा तेलको मूल्य ३३ डलर प्रति ब्यारल रहेको छ । 

रुस र साउदीबीच तेल युद्द चल्नुको कारण तेलको मूल्य घट्ने र त्यसको प्रभाव अमेरिकालाई पर्ने समेत विश्लेषण गरिएको छ । तेलको मूल्य कम हुँदा अमरीकालाई आर्थिक नोक्सानी हुन्छ । यसैलाई हेरेर रुसले ओपेकसंगको सम्बन्ध तोडेर तेलको मूल्य झार्ने रणनीति लिएको आंकलन गरिएको छ । रुसले आफ्नो अर्थतन्त्र बलियो बनाएर १० बर्षसम्म तेलको मूल्य गिर्दा समेत कुनै असर नपर्ने अवस्था बनाएकोले यस्तो निर्णय लिएको बताइएको छ । 

रूसले भनेको छ कि यदी तेलको मूल्यमा गिरावट जारी रहेमा हामी आफ्नो नेशनल वेल्थ फन्डबाट १५० अरब डलर निकालेर बजेट सम्हाल्नेछौं । गत साता कच्चा तेलको मूल्य ३० डलर प्रति ब्यारल थियो । यदी यो घटेर २७ डलर प्रति ब्यारलको औसतसम्म आयो भने रूसले आफ्नो बजेट सन्तुलन गर्नको लागि हरेक बर्ष फन्डबाट २० अरब डलर निकाल्नेछ । 

रूसको अनुमान छ कि कच्चा तेल यदी सस्तो बन्यो भने अमेरीकी कम्पनिहरु डुब्नेछन् वा अर्को तरिकाले बचाउनुपर्ने बाध्यता अमेरिकालाई पर्नेछ । अमेरीकी तेल बजारलाई झट्का दिएर रूस अमेरिकाको तेलमा आत्मनिर्भर भएको ताकतलाई कमजोर बनाउन चाहन्छ, जसबाट अमेरिकाले कुनै पनि देशलाई मनपरी प्रतिबन्ध लगाउदै आएको छ । 

SPUTNIK/AFP VIA GETTY IMAGES

रूसको यो योजनाले अमेरीकाको कर्पोरेट ऋण बजारलाई प्रभाव छाड्न सक्ने अनुमान गरिएको छ र शेल आयल बनाउने कम्पनिहरु डुब्न सक्छन् । त्यसो त साउदी अरबसँग पनि त्यति बजेट छ कि यदी तेलको मूल्य कम भएमा पनि उसले आफ्नो देशको अर्थव्यवस्थालाई सम्हाल्न सक्छ । तर साउदीको वित्तीय घाटा पहिलेनै बार्षिक ५० अरब डलर छ । यदी तेलको मूल्यमा गिरावट आएमा उसको घाटा बढेर ७० देखि १२० अरब डलर पुग्न सक्छ ।

तर सऊदीले मूल्य घटे पनि तेल उत्पादनलाई बढाएको खण्डमा आफूलाई सन्तुलित राख्न सक्ने पनि बताइएको छ । यसै बिषयलाई मध्ये नजर गर्दै साउदीले तेलको भाउ घटेपनि तेल उत्पादन थप बढाउने निर्णय लिएको हुन सक्छ । 

साउदीले आफ्नो निर्यात ७० लाख ब्यारल प्रति दिनबाट बढाएर ९० लाख ब्यारल वा त्यस भन्दा बढी बनाउनेछ । यसले साउदीलाई अहिले जति पैसा तेलबाट पाईरहेको छ त्यसैको हाराहारीमा पैसा पाउनेछ । रूसले साउदीलाई सहयोग नगरे पनि बजारमा साउदीको तेलको माग थप बढ्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ