पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ३, एजेन्सी |</b> विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बारे गलत सूचना फैलाउने एकजना पक्राउ परेका छन् | कोरोनाबारे गलत सूचना फैलाएर जनतालाई भ्रम पार्ने २३ वर्षीय केन्याका नागरिक इलिजा मुथुइ किटोन्योलाई पूर्वी केन्याको विंगी सहरबाट पक्राउ गरिएको हो |<br></p><p>उनले कोरोनाभाइरसको पहिलो संक्रमितका बारेमा 'सरकारले भ्रम सूचना' दिएको भन्दै सूचना फैलाएका थिए | "केन्यामा देखिएका कोरोना संक्रमित सरकरले भनेजस्तो अमेरिकाबाट लन्डन हुँदै नआएको र रोमबाट आएका थिए ।" उनले फेक ट्विट एकाउन्टबाट ट्विट गर्दै भनेका थिए |</p><p>उनले गरेको यो ट्विट सामाजिक सञ्जालमा निकै भाइरल बनेपछि प्रहरीले पक्राउ गरेको हो |</p>

