२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना चेक गर्न खोज्दा अस्पतालबाटै भागेका सहित ७४ नेपालीलाई पक्राउ गरि क्वारेन्टाइनमा

२०७६, ४ चैत्र मंगलवार ०३:३२

चैत ४, काठमाडौँ | सोमबार नेपाली संचार माध्यमहरुले पोर्चुगलमा रहेका एक नेपालीलाई नोबल कोरोना (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको शिर्षकमा समाचार छापे । जस अनुसार 

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको थियो । 

पोर्चुगलका स्थानीय संचार माध्यमहरुले प्राथमिकताका साथ छापेका उक्त समाचारको थप पुष्टि गर्दै आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । समाचार अनुसार पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले उनीहरुलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो । 

कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार पोर्चुगलमा रहेका पत्रकार गणेश पाण्डेका अनुसार आइतबार फारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेका थिए । ति नेपालीलाई उनीसँगै काम गर्ने साथीले अस्पताल ल्याएका थिए । चिकित्सकहरुले ति एक जना नेपालीलाई परीक्षण गर्ने क्रममा कोरोना लागेको निश्चित भएपछि उनलाई अस्पताल लैजाने नेपालीहरुलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन भनेको थियो । तर, चिकित्सकले 'कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ' भनेर अस्पतालमा पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए । त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई उक्त घटनाको जानकारी गराएका थिए । 

नेपालीहरु अस्पतालबाट भागेको सूचना पाएको अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेको थियो ।  जस क्रममा नेपालीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेछ । 

पक्राउ परेका उनीहरुलाई आइतबार बेलुकी इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलमा क्‍वारेन्टाइनमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी