२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण गरियो

४ चैत्र २०७६, मंगलवार ०७:२७

चैत ४, एजेन्सी | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) बिरुद्ध अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार पहिलो खोप परीक्षण गरेका छन् | सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिदैं यसको परिक्षण सुरू गरेका हुन् |

छोटो समयमा बनाइएको खोपले उनीहरूमाथि देखाउने प्रतिक्रियाको अध्ययन गरिनेछ | 'अब हामी एउटा टिम हौं', काइजर पर्मानेन्टेकी अध्ययन नेतृत्वकर्ता डा. लिसा ज्याकसनले परिक्षणको पूर्व सन्ध्यामा भनिन्, 'आपतकालमा जसले जे गर्नसक्ने हो त्यो गर्न चाहिरहेका छन्।'

यो परीक्षणलाई प्रत्यक्षरुपमा हेरेको एसोसियट प्रेस(एपी)ले आफ्नो समाचारमा एउटा सानो प्राविधिक कम्पनीमा काम गर्ने अपरेसन म्यानेजरले यसको पहिलो खोप लिएको जनाएको छ |

खोप लगाएकी जेनिफर हलर नाम गरेकी ४३ वर्षीया ती महिलाले खोप लिनुपूर्व परीक्षणमा सहयोग गर्न पाउनुलाई अभूतपूर्व मौका भएको बताएकी थिइन्। 'हामी सबै एकदमै असहाय महशुस गरिरहेका थियौं। यो मेरो लागि केही गर्ने अभूतपूर्व मौका हो', खोप लगाउनुअघि उनले भनिन् |

त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो। वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन् | सोमबारको परीक्षणले मानिसहरूमा ती खोपको प्रयोग सुरक्षित र असरदार रहे-नरहेको अध्ययन गर्ने बाटो खोलिदिएको छ |

अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डा. एन्थोनी फिचीले बताएका छन् |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह