२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण गरियो

२०७६, ४ चैत्र मंगलवार ०७:२७

चैत ४, एजेन्सी | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) बिरुद्ध अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार पहिलो खोप परीक्षण गरेका छन् | सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिदैं यसको परिक्षण सुरू गरेका हुन् |

छोटो समयमा बनाइएको खोपले उनीहरूमाथि देखाउने प्रतिक्रियाको अध्ययन गरिनेछ | 'अब हामी एउटा टिम हौं', काइजर पर्मानेन्टेकी अध्ययन नेतृत्वकर्ता डा. लिसा ज्याकसनले परिक्षणको पूर्व सन्ध्यामा भनिन्, 'आपतकालमा जसले जे गर्नसक्ने हो त्यो गर्न चाहिरहेका छन्।'

यो परीक्षणलाई प्रत्यक्षरुपमा हेरेको एसोसियट प्रेस(एपी)ले आफ्नो समाचारमा एउटा सानो प्राविधिक कम्पनीमा काम गर्ने अपरेसन म्यानेजरले यसको पहिलो खोप लिएको जनाएको छ |

खोप लगाएकी जेनिफर हलर नाम गरेकी ४३ वर्षीया ती महिलाले खोप लिनुपूर्व परीक्षणमा सहयोग गर्न पाउनुलाई अभूतपूर्व मौका भएको बताएकी थिइन्। 'हामी सबै एकदमै असहाय महशुस गरिरहेका थियौं। यो मेरो लागि केही गर्ने अभूतपूर्व मौका हो', खोप लगाउनुअघि उनले भनिन् |

त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो। वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन् | सोमबारको परीक्षणले मानिसहरूमा ती खोपको प्रयोग सुरक्षित र असरदार रहे-नरहेको अध्ययन गर्ने बाटो खोलिदिएको छ |

अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डा. एन्थोनी फिचीले बताएका छन् |


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर