२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका १ सय ६२ देशमा कोरोनाभाइरस संक्रमण,नेपाल मात्रै हरियो सूचिमा

२०७६, ४ चैत्र मंगलवार ०८:५४


चैत ४, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण यतिबेला विश्वभरी फैलिरहेको छ | गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको उक्त भाइरस हाल विश्वका १ सय ६२ देशमा फैलिसकेको छ |

पछिल्लो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या घटेको छ, भने अघिल्लो साता चिनले आफू कोरोनामुक्त भएको घोषणा गरिसकेको छ | चिनमा क्रमश उक्त भाइरसका संक्रमित बिरामी घटेपनि युरोपियन मुलुकहरु,अमेरिका,दक्षिणकोरिया,इटाली,जापान,कतार,दुबई,इरान लगायतका देशहरुमा भने बढिरहेका छन |   

त्यस्तै कोरोना संक्रमित मुलुकहरु मध्ये नेपाल मात्रै ओल्ड मिटरको हरियो सूचिमा रहेको छ | हाल सम्म नेपालमा एक जनामा मात्र कोरोनाभाइरसको पुष्टि भएको छ | कोरोनासंक्रमित ति व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् |

नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन | जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको हो |

हाल सम्म कोरोनाभाइरसका कारण एक लाख ८२ हजार सात सय ६४ जना सङ्क्रमण पुष्टि भएको छ |

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार, उक्त भाइरसका कारण सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसका छन् |

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित  नभेटिएको देशको सूचिमा परेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित