२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस सम्बन्धि नयाँ अध्ययन : कुन ‘ब्लड ग्रुप’लाई बढी खतरा ?

५ चैत्र २०७६, बुधबार ०६:०१

चैत ५, एजेन्सी | चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसबारे  अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता लगाएका छन् | हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ,भने ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ |

चीनको हुबेई प्रान्तको प्रान्तको राजधानी वुहानमा वैज्ञानिकहरुले उक्त अध्ययन गरेका हुन् | Medrxiv.org  मा प्रकाशित समाचारका अनुसार वैज्ञानिकले २,१७३ संक्रमित व्यक्तिहरुमा अध्ययन गरेका थिए | तिमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो  |

कोरोना भाइरसका कारण मृत्यु भएका २०६ व्यक्तिमध्ये करिब ४१.२६ प्रतिशत अर्थात ८५ जनाको रक्त समूह ‘ए’ थियो | जबकी करिब २५ प्रतिशत,५२ जनाको रक्त समूह ‘ओ’ थियो | २,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए |

रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने उक्त अनुसन्धानले बताएको छ |

हाल सम्म उक्त अनुसन्धानको रिभ्यू  भने भएको छैन | तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् |

गत डिसेम्बरमा हुवानबाट सुरुभएको कोरोनाभाइरसका कारण हाल विश्वमा ७ हजार २ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ | त्यस्तै विश्वका १ सय ८० भन्दा बढी देशमा उक्त भाइरस फैलिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ