२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्ली बलात्कार काण्ड: चार दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा धन्यावाद ज्ञापन

२०७६, ७ चैत्र शुक्रबार ०४:१७

चैत ७, काठमाडौँ | भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । उनीहरूलाई शुक्रवार बिहान मृत्युदण्ड दिईएको हो । 

सात बर्ष अघिको बलात्कार काण्डमा दोषी ठहरिएकाहरुलाई दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार शुक्रबार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको छ ।

Photo: Delhi Police

उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले सन्तोष प्रकट गरेका छन् । पिडित महिलाका आमाले आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहेको बताइएकी छन् । उनले भनेकी चाहन 'सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ । निर्भयालाई न्याय मिल्यो।'

पिडित महिलाका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरेका छन् ।

त्यस्तै मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन् । 

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतद्वारा समेत अस्वीकार भएको थियो । 

२३ वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए। सामूहिक बलात्कार तथा हत्यापछि घटनाको विरोधमा भारतमा देशव्यापी पर्दर्शन समेत गरिएको थियो । त्यस घटनापछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन समेत कडा बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ