चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा इटलीमा जे भयो, नेपालमा त्यस्तै हुन सक्छ !

२०७६, १० चैत्र सोमबार १६:४७

एक नारायण पौडेल |

चिनको बुहानबाट फैलिएको कोरोना भाईरस (COVID -19) को महामारी झन्डै बिश्वका १६८ देशमा फैलिसकेको छ । हालसम्म ३,५३, ३२० मा यो सक्रमण देखिएको छ भने १५, ४०८ को मृत्यु भएको छ । त्यस्तै गरि १,००, ६०५ जना निको भएका छन भने हाल मध्यम अबस्थामा २, २६, ००९ छन भने ११२९८ जटिल अबस्थामा उपचाररत छन । यो सक्रमणले महामारीको रुप लिदै बिश्वका अति विकसित रास्ट्रहरुको समेत निद हराम गरिसकेको छ । अमेरिका, बेलायत, स्पेन, इटाली, अस्ट्रेलिया, जापान जस्ता बिकशित देशहरु समेतको टाउको दुखाई भएको अबस्थामा हाम्रो जस्तो विकाशोन्मुख देश नेपालमा समेत यसको सक्रमण देखिन थालेको छ । 

चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षिय नेपाली विद्यार्थीमा सक्रमण देखिएको पुष्टि भईसकेको छ । यो पुष्टिसङ्गै सरकारले पनि नागरिक चहलपहल कम गर्न र जोखिम न्यूनीकरणको लागि केही कदमहरु लिएको छ । जस अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनका लागि राखिएका साढे पाँच सयमध्ये आधाजति जबर्जस्ति पर्खाल नाघेर बहादुरी देखाएछन् । यस्ता अनुशाशनहिन हर्कत भईरहेको अवस्थामा देशमा कुन मानवीय हिसावले नाकामा अझै सदासयता देखाउने ? 

१५-२० दिन अगाडि इटालिको अवस्था पनि झन्डै आजको नेपालको जस्तै थियो । सरकारले शुरूवातमा अलि सामान्य ढङ्गले लिएपनी केही समयपछि उसले आफ्ना नागरिकलाई अनावश्यक बाहिर ननिस्कन भनेको थियो । अनावश्यक सपिङ्ग मल, रेस्टुरेन्ट र भिडभाड नगर्न भनेको थियो । तर झन्डै हामी जस्तै उदण्ड, अनुशासनहिन र घमण्डी भएर हेलचक्राई र गम्भीरताका साथ सरकारी निर्देशन नमान्दा आज इटलीको के अबस्था  हुदैछ ? बिश्वकै सबैभन्दा बढी जनसंख्या बोकेर पनि अनुशासन र प्रद्दतीलाई आत्मसात गरेर चीनले आज लगभग नियन्त्रण शुन्यमा झार्दैछ । संक्रमण एकबाट दुई र दुईबाट ३ हुने हो । यदि लापरबाही र हेलचक्राई गर्दै जाने हो भने एक जनामा देखिएको संक्रमण अन्यमा फैलन धेरै समय लाग्दैन । त्यसैपनि साधन, स्रोत, प्रबिधि र  जनशक्तिको हिसाबले हामी अत्यन्त पछाडि छौं भने भौगोलिक, सडक र सूचना पहुँचको हकमा अझै पनि कमजोर छौं । 

तसर्थ सरकारलाई मात्रै धारे हात र आलोचना गरेर हामी आफू चाहिँ गम्भीर नहुने, लापरबाही, हेलचेक्राई र मजाक गरिरहने हो भने पक्कै पनि हामीलाई न त पशुपतिनाथले बचाउन सक्नेछन् न त बुद्धले नै । न त सगरमाथाले नै छेक्नेछ । सरकारले हवाई उडान, सवारी साधन, मेला, महोत्सव, विभिन्न खेलकुद, जिम-खाना, चलचित्र हल, उत्तरी र दक्षिणी नाकाहरु बन्द गरेर सकारात्मक थालनी गरेको छ । तसर्थ अब हामी आम नागरिक सचेत, गम्भीर र साबधानी हुन सकेनौ वा चाहेनौ भने यसले निकट भबिस्यमा नै स्थिति काबु बाहिर नजाला भन्न सकिन्न । हामीलाई हाम्रै हेलचेक्राई र लापरबाहीले  पश्चाताप गर्ने समय पनि दिनेछैन । तसर्थ नियमित साबुन-पानीले हात सफा गरौं । सम्भब भएसम्म मास्क र पन्जाको प्रयोग गरौ। भिटामीन सि युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं ।

समयको संबेदनसिलतालाई नबुझेर,  बुझ्नै नचाहेर वा बुझेर पनि गम्भीर हुन नसकेर यस्तो प्रतिकुल परिस्थितिमा पनि गाउँ घर तथा  शहरमा तामझामका साथ विवाह, ब्रतबन्ध, बर्थडे, इङेजमेन्ट , न्वारन पास्नी, छेका जस्ता कार्यक्रम राख्दै अझैपनी लापरबाही गर्दैछन् भने सचेत गराउँ । यदि सचेत गराउदा गराउदै कोहि अटेरी गर्छ भने सामाजिक बहिस्कार गरौँ । गाउँमा रहनुहुने युवा दस्ता, विद्यार्थी र स्थानीय प्रतिनिधिले जोखिम रहित सामाजिक अभियान चलाउँ । शिक्षकहरुले पनि  यो समयमा उल्लेखनीय भुमिका निर्बाह गरिदिनुहोला । जसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सकोस । 

एक नारायण पौडेल

- भरतपुर महानगरपालिका                

वाड न १३ चितवन                         

हाल – साउदी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ