साउन २, काठमाडौँ <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौँ <"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामन्त्री कोइराला बुधबार डिस्चार्ज हुँदै

२ श्रावण २०७३, आईतवार १२:२०


साउन २, काठमाडौँ  नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले दुई दिनपछि घर जानसक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । 


डा हरिश जोशीले भने, 'अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।' डा जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिए । 


महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताउए । महामन्त्री कोइरालाको स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो। अचेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । 


उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो । डा कोइरालाको उपचारमा उनकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार