३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा मात्रै दुई लाख ५० हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

१३ चैत्र २०७६, बिहीबार १६:१६

चैत १३, काठमाडौँ | युरोपमा बिहीवारसम्म दुई लाख पचास हजार जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १ सय ८८ जना सङ्क्रमित भएका छन् ।  

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएको छ । यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो । 

स्पेनमा मार्च १३ देखि सङ्कटकाल र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने ७ हजार भन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो विवरण अनुसार संसारभर चार लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् भने २२ हजार  १६५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख १८ हजार ६० जना निकौ भएर घर फर्किसकेका छन् बिरामी अवस्थामै रहेका तीन लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत विरामीको अवस्था सामान्य रहेको छ भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन