2026-07-25 09:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

‘घरभित्रै बसौं, जीवन सुरक्षित बनाऔं’

उज्वल बराल | बुढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चिनको वुहान सहरबाट प्रारंभ भएको भनिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देशहुँदै आइरहेको छ । हामी त्यो महामारी अर्थात काल आएको टुलुटुलु देखिरहेका छौं अनि भनिरहेका छौं, हामिलाई लिनका लागि काल आइरहेको छ, अनि त्यो काललाई रोक्न सबैतिरबाट सजगता अपनाइरहँदा हामीहरु के चैं भइहाल्छ र ! भनेझैंगरी सरकारले गरेको लकडाउनको बर्खिपाप गरिरहेका छौं र हाम्रो घरको झ्यालबाट छिरेको काललाई आफ्नो घर टोल, समाज र सिंगो देशमा फैलनका लागि वातावरण त बनाइरहेका छैनौं ? अहिले हामीले यो प्रश्नको उत्तर आफैंसँग खोज्ने बेला आएको छ ।

हाम्रा डाक्टर, स्वास्थ्यकर्मी र जनताको सुरक्षामा खटिएकाहरुसँग कोरोना संक्रमणको जोखिम छेक्ने साधन छैन, हामीसँग उक्त रोगको परिक्षण गर्ने किट छैन, हननन्ती ज्वरो आउँदा जाँचगर्ने पर्याप्त यन्त्र छैन । यस्तो अबस्थामा हामीहरुमाझ सरकारले दिएको निर्देशनलाई पालना गर्ने र आफ्नो तर्फबाट स्वास्थ्य सजगता अपनाउने भन्दा अरु कुनै उपाय छैन । नेपालमा संक्रमित युवती र युवासँग आउनेहरुको लर्कौनैं छ, तर उनीहरु समाजबाट अपहेलित हुने डरले हुनुपर्छ, खुलेर स्वास्थ्य संस्था, सुरक्षा निकायमा आइरहेका छैनन् । फ्रान्सबाट आएकी युवतीसँगैको जहाजमा आएका एक युवा दुधौलीमा रहेको मैंले जानकारी पाएको छु र स्थानीय प्रशासनलाई इन्फर्म गरेको छु, तरपास ती युवा अहिलेसम्म क्वारेन्टाइनमा बसेका छैनन् । राहदानीमा ठेगाना अन्यत्रै रहेको भएपनि त्यस्ता मानिसहरु सिन्धुलीमा पनि आएका छन् । हामीहरुले त्यसको सबै रेकर्ड खोज्नुपर्छ । स्थानीय तहका सबै सरकारहरुले विदेशबाट आएकाहरुको अभिलेख राखेर त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सक्नुपर्छ ।

जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा नेपाली कांग्रेसका तर्फबाट मैंले पार्टीको स्पष्ट धारणा राखेको थिए, आफ्नो तर्फबाट पहल पनि गरेको छु । कोरियामा काम गर्न जाने नेपालीहरुले सिन्धुली जिल्लाका लागि ११० थान ज्वरो नाप्ने मेसिन पठाउँदैछन् । त्यो जिल्ला जनस्वास्थ्य कार्यालयाई हस्तान्तरण गर्ने तयारी छ । अहिले यति बेला बैठक बस्ने, भेला हुने होइन, काम गरेर देखाउने हो । यतिबेला सिन्धुलीमा स्थानीय निकायमा सबैभन्दा अगाडि कोरोना रोकथाम र नियन्त्रणका लागि कमलामाई नगरपालिका र नगरप्रमुख खड्गवहादुर खत्रीको सक्रियता निकै अव्वल देखिएको छ । उहाँले मेरो नगरपालिका भित्रका कोही पनि नागरिकलाई सुरक्षाको प्रत्याभूत दिलाउने र स्वास्थ्य उपचार पाएनन् भनेर भन्ने अबस्था आउनैं दिन्न, त्यसको म जिल्ला लिन्छु भन्नुभएको छ, त्यो अत्यन्तै राम्रो कुरा हो । कोरोना संक्रमणका विरुद्ध नगरपालिका भित्र गरिएका पूर्व तयारी निकै उत्साहजनक छ । तर जिल्लाका अन्य स्थानीय निकायको सक्रियता बामे सर्दै गरेको जस्तो लागिरहेको छ । 

नेपाली कांग्रेस सिन्धुलीको सभापतिको हैसियतले म सबै जिल्लासीलाई भन्न चाहान्छु, विश्वव्यापी फैलिएको कोरोना महामारी हाम्रो घरमा छिरिसकेको छ । त्यसलाई फैलनबाट रोक्न संभावित संक्रमितहरुको अभिलेख राखौं, जनस्वास्थ्यकर्मीलाई सुरक्षितसाथ विरामीहरुको उपचार गर्न सक्ने बनाऔं, बिना हिच्किचाहट आंशंका लागेमा १४ दिनसम्म क्वारेन्टाइनमा बसौं, घरबाट कोहीपनि बाहिर ननिस्कौं, लकडाउनको पूर्ण रुपमा पालना गरौं, तब मात्रै हामीले घरभित्र पसेको काललाई   लखेट्न सक्छौं, परास्त गर्न सक्छौं, हामी परिवारका सबै सदस्यसँग खुशीकासाथ बस्न सक्छौं, अन्यथा पुर्पुरोमा हात लगाएर पछुताउने मात्रै हो । 

(साभारःकमलामाई फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक