२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिएका केही उपयोगी सुझाबहरु

२०७६, १५ चैत्र शनिबार १८:०७

 कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशक Dr Tedros Adhanom Ghebreyesusले संक्रमणसँग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा स्फूर्त राख्न निम्न सल्लाह दिनुभएको छ । यी सल्लाहको अनुसरण गरी जीवनलाई तनावमुक्त बनाउदै कोरोनाको संक्रमणबाट बचौँ र बचाऔं। यो कठीन् समयमा आफ्नो भौतिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । यसले शरीरलाई दीर्घकालीन फाइदा पुर्याउदछ ।

यसका लागिः

- स्वस्थ र पोषणयुक्त खाना खानुहोस् । यसले रोगसँग लड्ने क्षमतालाई मझबुत राख्न मद्यत गर्दछ ।

- चिनीको मात्रा धेरैहुने जूस तथा पेयपदार्थहरु सकेसम्म नखानुहोस् ।

- धुम्रपान नगर्नुहोस्। धुम्रपानले शरीरमा गम्भीर रोगहरु बढ्ने खतरा बढाउदछ । शरीरमा COVID -19 को संक्रमण भयो भने धुम्रपान झनै खतरा हुन्छ ।

- नियमित शारीरिक अभ्यास गर्नुहोस् । विश्व स्वास्थ्य संगठनले वयस्कहरुका लागि दैनिक ३० मिनेट र बच्चाहरुका लागि १ घण्टा शारीरिक अभ्यास हुनुपर्ने सिफारिश गरेको छ ।

- COVID-19 का कारण स्थानीय कानून र गाइडलाइनले बाहिर हिँडडुलमा रोकेकाे छैन भने घर बाहिर हिँडनुहोस्, दौडिनुहोस् ।

- घर बाहिर निस्कदा अन्य व्यक्तिसँग सुरक्षित दुरी कायम राखेर मात्र हिँड्नुहोस् ।

- घरबाहिर निस्कने अवस्था छैन भने अनलाइनमा शारीरिक अभ्यास सम्बन्धित भिडियोहरू खोज्नुहोस र अभ्यास गर्नुहोस्

- गीत संगीतमा नाच्नुहोस् ।

- योगा गर्नुहोस् ।

- आफ्नो आवासमा भर्याङ छ भने भर्याङमा पटक पटक तलमाथि गर्नुहोस् ।

- घरबाट काम गर्दैहुनुहुन्छ भने एउटै अासनमा लामो समय नबस्नुहोस् । हरेक आधा घण्टामा ३ मिनेट जतिको ब्रेक लिनुहोस् ।

- आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् । संकट र रोगको महामारीका बेला तनाव महसुस हुनु, अलमल वा भ्रममा परेको अनुभव हुनु र एक प्रकारको डरको अनुभूति हुनु स्वाभाविक हो । यस्तो अवस्थामा आफूले चिनेजानेका र विश्वास गर्नसक्ने मानिससँग कुराकानी गर्नुहोस् यसले तनाव कम गर्न मद्यत गर्दछ ।

- आफ्नो समुदायका अन्य सदस्यलाई सहयोग गर्नुहोस् । यसो गर्दा समुदायका अतिरिक्त स्वयंलाई पनि मद्यत गर्दछ ।

- छरछिमेक, आफन्त र साथिभाइको हालखवर सोध्नुहोस् ।

- गीत संगीत सुन्नुहोस्, किताब पढ्नुहोस्, खेल खेल्नुहोस् ।

- संक्रमण, महामारी र संकटका समाचारले चिन्तित बनाउँदछ भने धेरै समाचार हेर्ने सुन्ने नगर्नुहोस् । आफूलाई चाहिने सूचना विश्वसनीय माध्यमबाट दिनमा एक वा दुईपटक लिनुहोस् ।

- एक अर्कामा दयाभाव राख्नुहोस् । दयाभाव आफैमा एक राम्रो औषधी हो ।

- CoVID-19 ले हामी सबैलाई एक हुन सिकाएको छ । सबैजना एक भई यसको सामाना गरौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु