2026-07-24 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम स्वीकृति लिएर विदेश जान नपाएकाहरुलाई ७ दिनभित्र सहुलियत कर्जा प्रदान गरिने

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएर पनि कोरोना भाइरस संक्रमणका कारण विदेश जान नपाएकाहरुलाई ७ दिनभित्र सहुलियत कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै सरकारबाट अनुमति लिएर रोजगारीमा विदेश जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिई उद्योग व्यवसाय गर्न चाहेमा निवेदन दिएको ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यो निर्देशनसंगै सहुलियत कर्जा लिन चाहने नागरिकले आवश्यक डकुमेन्ट सहित बैंकहरुमा सम्पर्क गर्नुपर्नेछ । आवश्यक डकुमेन्ट पुगेको ७ दिनभित्र अनिवार्य रुपमा बैंकहरुले सहुलियत कर्जा प्रदान गर्नुपर्नेछ । 

त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नेपालमै रोजगारीको ग्यारेन्टी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रम स्वीकृति लिएर विदेश जान नपाएकाहरुको प्रत्येक स्थानीय तह मार्फत जिल्लागत विवरण तयार गरि उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । यस वर्ष सरकारले ६० हजारलाई सय दिनको रोजगारी दिने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक