२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण–पूर्वी एशियाली राष्ट्र कोभिड नियन्त्रण गर्न एकजुट

२० चैत्र २०७६, बिहीबार १३:२५

चैत २०, काठमाडौँ | विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो)का सदस्य राष्ट्रबीच छलफल भएको छ । 

सबै देशले आ–आफ्नो मुलुकबाट स्वास्थ्यमन्त्रीले आज भिडियो कन्फरेन्सका माध्यमबाट कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल उक्त भिडियो कन्फरेन्समा सहभागी हुनुभएको थियो । 

सो अवसरमा उहाँले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार लागिपरेको जानकारी गराउनुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सबैको साझा समस्या भएकाले दक्षिण–पूर्वी मुलुकले पनि संयुक्तरुपमा  महामारीविरुद्ध लड्नुपर्नेमा मन्त्री ढकालले जोड दिनुभएको थियो । 

मन्त्री ढकालले नेपाल सबै हिसाबले नियन्त्रणको तयारीमा लागेको उल्लेख गर्दै अहिलेसम्म सफलता हासिल गरिरहेको बताउनुभयो । सबै देशका स्वास्थ्यमन्त्रीले सेरो सदस्य राष्ट्रले महामारीविरुद्ध सञ्चालन गरेको अभियानमा सँगसँगै जानुपर्नेसमेत बताएको मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले जानकारी दिनुभयो । उहाँहरुबीच कोभिड–१९ नियन्त्रण गर्न अहिलेसम्म खेलेको भूमिकाको अनुभव आदानप्रदान गर्नुका साथै औषधिजन्य सामग्रीका बारेमा छलफल भएको थियो । 

उहाँहरुबीच आज दिउँसो करिब दुई घण्टा कोभिड–१९ को रोकथाम र नियन्त्रणबारे छलफल भएको थियो । नेपाल, भारत, भूटान, बङ्गलादेश, म्यान्मा, उत्तर कोरिया, टिमोर लिस्टे, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानलगायतका मुलुक सेरोमा सहभागी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ