2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण–पूर्वी एशियाली राष्ट्र कोभिड नियन्त्रण गर्न एकजुट

चैत २०, काठमाडौँ | विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो)का सदस्य राष्ट्रबीच छलफल भएको छ । 

सबै देशले आ–आफ्नो मुलुकबाट स्वास्थ्यमन्त्रीले आज भिडियो कन्फरेन्सका माध्यमबाट कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । नेपालका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल उक्त भिडियो कन्फरेन्समा सहभागी हुनुभएको थियो । 

सो अवसरमा उहाँले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार लागिपरेको जानकारी गराउनुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सबैको साझा समस्या भएकाले दक्षिण–पूर्वी मुलुकले पनि संयुक्तरुपमा  महामारीविरुद्ध लड्नुपर्नेमा मन्त्री ढकालले जोड दिनुभएको थियो । 

मन्त्री ढकालले नेपाल सबै हिसाबले नियन्त्रणको तयारीमा लागेको उल्लेख गर्दै अहिलेसम्म सफलता हासिल गरिरहेको बताउनुभयो । सबै देशका स्वास्थ्यमन्त्रीले सेरो सदस्य राष्ट्रले महामारीविरुद्ध सञ्चालन गरेको अभियानमा सँगसँगै जानुपर्नेसमेत बताएको मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले जानकारी दिनुभयो । उहाँहरुबीच कोभिड–१९ नियन्त्रण गर्न अहिलेसम्म खेलेको भूमिकाको अनुभव आदानप्रदान गर्नुका साथै औषधिजन्य सामग्रीका बारेमा छलफल भएको थियो । 

उहाँहरुबीच आज दिउँसो करिब दुई घण्टा कोभिड–१९ को रोकथाम र नियन्त्रणबारे छलफल भएको थियो । नेपाल, भारत, भूटान, बङ्गलादेश, म्यान्मा, उत्तर कोरिया, टिमोर लिस्टे, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानलगायतका मुलुक सेरोमा सहभागी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई