2026-07-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली नदी पारी रहेका नेपालीलाई नेपाल ल्याउने आदेश दिन सर्वोच्चको अस्वीकार

चैत २०, काठमाडौँ | सर्वोच्च अदालतले महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सीमा नाकामा रहेका नेपालीलाई नेपाल ल्याउने मागको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

अधिवक्ता मनिषकुमार श्रेष्ठलगायत छ जना कानून व्यवसायीद्वारा संयुक्तरुपमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइमा आज नेपाली नागरिक जुनसुकै देश तथा ठाउँमा भए पनि उद्धार गर्ने जिम्मा सरकारको भएको उल्लेख छ । महाकाली पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा यही चैत २४ गते छलफलका लागि तय गरेको छ । 

रिट निवेदनमा महाकाली नदी पारी रहेका नेपालीलाई सर्वप्रथम उद्धार गर्न आदेशको माग गर्दै रिट निवेदनमा उद्धार गरी क्वारेन्टाइनमा राख्नुुपर्ने तर नेपालीको हकहितको रक्षा गर्ने जिम्मा सरकारको भएको उल्लेख थियो । रिट निवेदन अधिवक्ता श्रेष्ठसहित अधिवक्ता विकास भट्टराई, कीर्तिनाथ शर्मा, दीपकराज जोशी, रामदत्त ओझा, मनिराम उपाध्याय र देवीकुमारी जोशीले दायर गर्नुभएको थियो ।   

रिट निवेदककातर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता सुनीलकुमार पोखरेल, मेघराज पोखरेल, प्रेमसिंह धामी, दमनबहादुर चन्द, अनन्तराज लुइँटेल, मनिषकुमार श्रेष्ठ, कीर्तिनाथ शर्मा, सन्तोष भण्डारी, प्रतिभा उप्रेतीलगायतले बहस गनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक