२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको ३० सै राज्यमा फैलियो कोरोना, अप्रिल ५ मा ९ मिनेट बत्ति निभाउन मोदीको अपिल

२०७६, २१ चैत्र शुक्रबार १४:५९

चैत २१, काठमाडौँ | भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन उच्च गतिमा फैलिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बिहिबार मात्र भारतमा सर्वाधिक बढी ४८६ जना नयाँ संक्रमित भेटिएको थियो । 

आज बेलुकासम्म भारतमा थप नयाँ संक्रमितको शंख्या ४२७ पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  हालसम्म भारतमा संक्रमित मध्ये ७५ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएका छन् । भारतमा कोरोना संक्रमितको जानकारी दिने covid19india.org का अनुसार यो समाचार तयार पार्दासम्म कुल २ हजार ९७२ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये भारतको सबैभन्दा बढी संक्रमित ४२३ जना महाराष्ट्रका हुन् । त्यस्तै दोश्रो स्थानमा तमिलनाडू छ जहाँ ४११ जना संक्रमित छन् भने दिल्ली तेश्रो स्थानमा छ, जहा ३८४ जनामा कोरोना संक्रमण भेटिएको छ । 


प्रधानमन्त्री मोदीको अपील

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अप्रिलका दिन राति ९ बजे ९ मिनटको लागी आ-आफ्नो घरको बिजुली बन्द गरेर मैनबत्ती, मोबाइल वा दियो बाल्न अपिल गरेका छन् । 

लकडाउनको क्रममा जनताको हौसला बढाउनको लागि मोदीले शुक्रवार एक भिडियो सन्देश मार्फत उक्त अपिल गरेका हुन् । उनले भिडियो संदेशमा ५ अप्रिलको रात ९ बजे घरको सबै लाइट बन्द गरेर, घरको ढोका वा बालकोनीमा उभिएर ९ मिनटको लागि मैनबत्ति, दियो, टर्च वा मोबाइलको फ्ल्यासलाइट बाल्न आग्रह गरेका छन् । मोदीले जनतामा कोरोना बिरुद्ध एकता रहेको सन्देश दिन उक्त अपिल गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ