२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ संक्रमितलाई लक्षणनै छैन ! यस्तो छ चौथो संक्रमितको युएइदेखि कैलालीसम्मको यात्रा

२०७६, २२ चैत्र शनिबार ०९:४७

चैत २२, धनगढी | नेपालमा कोरोना भाइरस संक्रमितको शंख्या ९ पुगेको छ । आज थप ३ जना संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको शंख्या ९ पुगेको हो । 

नेपालमा हालसम्म विदेशबाट आएकाहरुलाई मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई समेत पहिलो पटक कोरोना संक्रमण भएको भेटिएको छ । 

विदेशबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनि १२ दिन अघि परिवारको सम्पर्कमा पुगेका थिए । विदेशबाट आएर घरमै बसेका संक्रमितको भाउजुलाई कोरोना संक्रमण भएको हो । संक्रमित भेटिए पनि ति महिलामा हालसम्म कुनै लक्षण समेत देखिएको छैन । 

संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमित देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स पठाएर शनिबारनै संक्रमित महिलालाई अस्पताल ल्याएको छ । 

धनगढीका संक्रमित व्यक्ति चैत ७ गते दुबईबाट फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको प्लेनबाट भारतको दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानमार्फत दिउसो २ बजे काठमाडौ आए । त्यसको भोलीपल्ट अर्थात चैत ८ गते शनिबार दिउँसो १२ बजे उनि बुद्ध एयरको उडानबाट नेपालगञ्ज पुगे । त्यहाँबाट उनि महेन्द्रनगरसम्म हाइसमा चढेर अत्तरिया पुगेका थिए ।


त्यसपछि उनि तीन दिनसम्म घरमै बसे । दिल्लीबाट आएको तेश्रो दिन चैत १० गते उनलाई राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्‍याइएको थियो । चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता उनको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो । तर पछि घरमा कोहि नभएपछि होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला