२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कैलालीसहित तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय, लकडाउनमा थप कडाई

२२ चैत्र २०७६, शनिबार १५:१६

चैत २२, काठमाडौँ | सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन् । 

र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।

यस्तै मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो ।

मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउने विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णय लिने बताए ।

शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य