२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीद्वारा ‘कोभिड-१९ लाई धन्यवाद !’

२०७६, २३ चैत्र आईतवार ११:५२

चैत २३, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले केहि घण्टा अघि पोष्ट गरेको फेसबुक स्टाटसमा उल्लेख छ '१०० जना कामदार विदेश नपठाए लाइसेन्स नवीकरण नहुने ऐनको व्यवस्था हटाउन सहयोगको लागि कोभिड-१९ लाई धन्यवाद ।' 

मन्त्रीपरिषदले स्वीकृति दिएको राहत प्याकेज अनुसार म्यानपावर कम्पनीले वर्षमा एक सय कामदार पठाउनै पर्ने बाध्यकारी व्यवस्था हटाउने प्रस्ताव भएको छ । जसमा उल्लेख छ 'वैदेशिक रोजगारमा १०० जना कामदार नपठाएकै कारणबाट इजाजतपत्रवाला संस्थाहरु खारेजी हुने हालको व्यवस्थालाई हटाउन बैदेशिक रोजगार ऐन २०६४ मा संसोधन प्रक्रिया अगाडी बढाउने ।' यसै बिषयलाई उल्लेख गर्दै अध्यक्ष गुरुङले फेसबुकमा पोष्ट गरेका हुन् । 

म्यानपावर व्यवसायीहरुलाई न्युनतम २ करोडको धरौटी संगै बर्षेनी कम्तिमा १०० जना कामदार पठाउनैपर्ने बाध्यकारी व्यवस्था हाल विद्यमान ऐनमा छ । उक्त ऐन सच्याउने प्रस्तावसंगै साना म्यानपावर व्यवसायीहरुलाई राहत हुने भएको छ । अब उक्त ऐन संसोधन भएमा वर्षमा एक सयभन्दा कम कामदार पठाउने म्यानपावर समेतको लाइसेन्स नवीकरण हुनेछ । 

आइतबार बिहानैदेखि म्यानपावरमा आवद्ध व्यवसायी तथा त्यसमा चासो राख्नेहरुले मन्त्रीपरिषदले स्वीकृति दिएको राहत प्याकेजको एक अंशलाई स्क्रिनसट गरि फेसबुकमा पोष्ट गर्दै खुसि व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना