एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्छि चुक्को (लघुकथा)

२८ चैत्र २०७६, शुक्रबार १४:३३


एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे ।

एकताका त्यो जङ्गलमा चराहरुलाई भोकमारी परेछ । त्यसपछि खानेकुरा खोज्दै चराहरुलाई पनि टाढा-टाढासम्म जानु पर्थ्यो । बिहान सबेरै चारो खोज्न नजाने चराहरू बेलुका घर फर्किन सक्दैन थिए । त्यसैले अल्छी चराहरू गुड वरिपरि घुमेर फर्किन्थे । मेहनती चराहरूले बेलुका केही खाना ल्याई ख्वाउने गर्दथे । तर त्यहा अल्छि चराहरू मध्य चुक्को चरो पनि थियो । चुक्कोले पनि अरू मेहनती चराहरूले बोकेर ल्याएको चारो खान्थ्यो ।

विस्तारै खानाको अभाव बढ्दै गयो, चराहरू भोकले बिरामी हुन थाले । यो कुराले सबै चराहरू चिन्तित भए । अनि एउटा परेवाले सबै चराहरूलाई बिहानै उठेर भगवानसँग प्रार्थना गर्नु भन्यो । सबै चराले हो मा हो जनाए र भोलिपल्ट सबै चराहरूले प्राथना पनि गरे । तर चुक्को चरो भुसुक्कै निदाएर प्राथना गर्न बिर्सेछ । सबै चराहरू प्राथना सकेर चारो खोज्न गए तर चुक्को भने चारो खोज्न पनि चुक्यो ।

दिनभरी चारो खोज्ने चराहरु बेलुका पेटभरी खान पाएर खुशी हुँदै घर फर्के । शबैले भगवानलाई धन्यवाद पनि दिए । तर त्यही दिन भगवानले चुक्कोलाई आँसीको चुच्चो उपहार दिएपछि ऊ निकै खुशी भयो र सबैको गुँडमा गएर खुशी हुँदै भन्यो 'भगवान धनि कि म धनि ?' शबै चराहरू गदगद हाँसे । 

'बास्तबमा भगवानले चुक्कोलाई मृत्यूको उपहार दिएका थिए र मेहनतीलाई सभ्य बानी ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान