चैत्र ३०, मोरङ । 'द रिभर फाउन्डेसन' ले मोरङको बेलवारी नगरपालिकाको कोरोना भाइरस विपद् व्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेको छ । फाउन्डेसनले शनिबार सो रकम नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेको हो ।

कोरोना नियन्त्रणका लागि घोषणा गरिएको 'लकाउन'का कारण दैनिक गुजारा चलाउन र चुल्हो बाल्न समस्या भइरहेका सर्वसाधारणलाई राहत होस् भनेर सहयोग गरेको फाउन्डेसनका अध्यक्ष तथा युवा व्यवयासी रघुनाथ पुरीले बताए ।
देशलाई समस्या परेको बेला सबै व्यवसायीले सहयोग र समस्या समाधानका लागि जुट्नुपर्ने उनको भनाई छ । फाउन्डेसनले आगामी दिन पनि कोरोना रोकथामका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
फाउन्डेसनले विगतमा पनि विपद् नियन्त्रण, विकास र धार्मिकस्थल निर्माणका लागि सहयोग गर्दै आएको छ ।