२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात धुनुपर्ने कुरा हामीलाई थाहा छ तर मोवाइल नि ? यसरी सफा गर्नुस् आफ्नो मोवाइल

२०७७, २ बैशाख मंगलवार ०५:५७

सास टिप्स | कोरोनाको महामारीले यतिखेर विश्वलाई त्रसित बनाइरहेको छ । मानिसहरु कोरोना भाइरस नलागोस भनेर दिनमा १० पटकसम्म हात धुन्छन तर मोवाइल धुन्छन ? उनीहरुलाई हेक्कानै नहुन सक्छ कि आफ्नो मोवाइलमा भाइरस हुन सक्छ ।

हामीले एकै दिनमा सयौं पटक आफ्नो फोनको प्रयोग गरेका हुन्छौं । जस क्रममा हाम्रो हातमा भएको भाइरस मोवाइलमा सर्न सक्छ । जसलाई हामीले फोन गर्ने क्रममा हाम्रो अनुहारसम्म पुग्छ वा १० पटक हात धुने तर मोवाइल भने एक पटक पनि सफा नगर्ने हो भने हामीले जतिसुकै सावधानी अपनाउँदा पनि भाइरसको संक्रमणबाट जोगिन सक्दैनौं । 


डाक्टर चार्ल्सले केही वर्ष अघि आफ्नो युनिभर्सिटीका विद्यार्थीहरुको फोनको अनुसन्धान गर्दा  उनीहरुको फोनमा ट्वाइलेट सिटमाभन्दा १० गुणा बढी कीटाणू हुने गरेको तथ्य बाहिर आएको थियो । फोनमा भएका यस्ता कीटाणू हाम्रो शरीरमा छिर्ने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले आफ्नो फोन सफा गर्ने गर्म्नुस ताकी त्यस्ता किटाणु हाम्रो हातमा नहोस् । 

फोन सफा गर्ने तरिका यस्तो हुनुपर्छ: 

याद राख्नुहोस् – फोन सफा गर्नु अघि तपाइको आफ्नो हात सफा हुनुपर्छ । 

१. पहिले आफ्नो फोनलाई स्वीच अफ गर्नुहोस् ।

२. अनि खोल निकाल्नुस् ।

३. फोन सफा गर्दा कुनै रसायन, ह्याण्ड जेल वा खस्रो रुमालको प्रयोग नगर्नुहोला । जसले तपाइको फोनको रक्षात्मक कवचलाई बिगारीदिन सक्छ । सामान्य साबुन र पानीले तपाइँको फोन सफा गर्न सक्छ । 

४. माइक्रोफाईबरले बनेको कपडा सामान्य सावुन/पानीमा भिजाएर त्यसलाई निचोरेर सुख्खा बनाइ सतहमा बिस्तारै पछ्नुहोस | पानी छिर्न सक्ने मोबाइल छ भने तपाइको भिजेको कपडा थप शुक्खा हुनुपर्छ । (माईक्रो फाइबर क्लोथको प्रयोग गर्दा तपाईंको फोनको स्क्रीन कोरिने सम्भावना हुँदैन । यो कपडा हामीले प्रायः चस्मा सफा गर्नका लागि प्रयोग गरिरहेका हुन्छौँ । अन्य कपडाहरु प्रयोग गर्दा चाहिँ फोन स्क्य्राच हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता कपडा र कागजहरु प्रयोग नगर्नु होला ।) 

५. एकदम ओसिलो (पानी निचोरिएको) कपडाले फोनको हरेक भागको सफाई गर्नुहोस् । 

६. अब अन्तिममा माइक्रोफाईबरले बनेको सफा कपडाले सबै भाग पुछेर मोवाइल सफा गर्न सकिन्छ । 

यसै गरी मोबाइलको कभर पनि सफा गर्नुहोस् र फोन प्रयोग गर्नुहोस् । 

कतिपयले फोन सफा गर्न स्यानीटाइजरको प्रयोग पनि गरिरहेका हुन्छन् । तर धेरै जसो फोनमा चाहिँ त्यसको प्रयोग नगर्न सल्लाह दिइएको हुन्छ । त्यसैले त्यसको साटो पानी उमालेर मन तातो भएपछि माइक्रोफाईबरमा भिजाएर प्रयोग गर्न सक्नु हुन्छ। जुन केहि हदसम्म प्रभावकारी हुन्छ । 

बजारमा ल्यापटप तथा फोनको स्क्रीन सफा गर्नका लागि भनेर लगभग दुई तीन सय रुपैयाँमा स्प्रे पाउन सकिन्छ । त्यसको प्रयोग गरेर पनि हामीले फोनको स्क्रीन सफा गर्न सक्छौं । 

ट्वाइलेटमा, किचेनमा अनि धेरै धुलो भएको ठाउँमा फोनको प्रयोग सकेसम्म नगर्नुहोस् । प्रयोग गर्नैपरे सफा गर्न नबिर्सिनुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो