2026-07-25 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिशूली सङ्लिएपछि…

सीताराम अधिकारी | वैशाख २, धादिङ | त्रिशूली  सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ ।

धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।  किनार जाननै अरुचि लाग्ने अवस्था भएको नदी कञ्चन भएकाले मानिसको आकर्षण बढ्न थालेको हो । नदी किनारमा माछा मार्न मानिसहरु कोही जाल हान्दैछन्,  कोही बल्छी थाप्दैछन् ।  नदी किनारमा माछा मार्न खोज्नेको लस्करै देखिएको छ । तीन हप्ताको समयमै नदी सङ्लो हुने अवस्थामा छ ।  नदी किनारमा स्थापना गरिएका बालुवा धुने यन्त्र तथा क्रसर उद्योग, ढुंगाखानी आदि बन्द भएका कारण नदीले आफ्नो पुरानो स्वरुप लिएको हो ।

नदी सफा भएको मौका पाएपछि नदी छेउछाउमा बस्नेहरु माछा मार्ने मात्र होइन पौडी खेलेर मजा लिन थालेको तथा कसैले लुगा धुने गर्न थालेको महाकाली मावि कुम्पुरका शिक्षक जानुका रिजालको अनुभव छ । 

अवैध रुपमा सञ्चालित खानीले नदी प्रदूषित पारेर बाह्रै महिना धमिलो आउने अवस्था आएको थियो । बीस वर्षअघिदेखि नदी किनारमा उत्खनन शुरु भएको हो । शुरुका वर्षमा नदी धमिलो थिएन ।  नदीमा ठूला यन्त्र जान थालेपछि  नदी धमिलिएको संरक्षणकर्मी उत्तम कँडेलको भनाइ छ ।  

नदीलाई यसरी नै सङ्लो भएर बग्न दिने हो भने जलयात्रा गर्नेहरु बढ्ने छन्, होटेल व्यवसाय फस्टाउने छ । सांस्कृतिक, धार्मिक पर्यटनको समेत सम्भावना बोकेको त्रिशूली जोगाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताउनुभयो । नदी छेउका सबै उद्योग हटाउनुपर्नेमा सबै गाउँपालिका तथा नगरपालिका क्षेत्रका मानिस एकमत छन् । उद्योग हटाएर राष्ट्र निर्माण गर्न नसकिने भएकाले बालुवा धोएर निस्केको पानी सफा पारेर मात्र नदीमा हाल्ने व्यवस्था मिलाउनुपर्नेमा संरक्षणकर्मीको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक